झापा । नेपाल निर्माण व्यवसायी महासंंघ कोशी प्रदेश कार्यसमितिको नयाँ नेतृत्व चयन भएको छ ।
महासंघको १६औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनअन्तर्गत हिजो शनिबार भएको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको हो ।
निवाृचनको मत परिणाम अनुसार अध्यक्ष पदमा प्रतिस्पर्धी कमलप्रसाद गौतमलाई पराजित गर्दै अध्यक्षमा केशरकुमार बुढाथोकी निर्वाचित भए । बुढाथोकीले २७२ मत प्राप्त गर्दा प्रतिस्पधी गौतमले १३२ मत प्राप्त गरे ।
यसैगरी प्रथम उपाध्यक्षमा रमेश कार्की २४० मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी लेखनाथ खत्रीले १५५ मत प्राप्त गरे। द्वितीय उपाध्यक्षमा चन्द्र सापकोटा २३३ मतसहित निर्वाचित हुँदा ऋषिकेश रिजाल (केशव)–ले १५६ मत प्राप्त गरे । तृतीय उपाध्यक्षमा मिलनकुमार बस्नेत सर्वाधिक २६२ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी रमेश पौडेल (दिनेश)–ले १३४ मत हासिल गरे ।
निर्वाचन समितिका अनुसार महासचिवमा सन्तोषकुमार बस्नेत २८७ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी दुर्गाबहादुर बुर्जा मगरले ११५ मत प्राप्त गरे ।
त्यस्तै उपमहासचिव (नीतिगत)–मा लीलाप्रसाद गुरागाईं २४४ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी योगराज दाहाल (चन्दन)–ले १४९ मत प्राप्त गरे ।
उपमहासचिव (आन्तरिक)–मा चन्द्र पाठक २४० मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी इन्द्रकुमार कार्कीले १५३ मत ल्याए ।
कोषाध्यक्षमा किशोर भट्टराई २४३ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी सुरेश भट्टराईले १४९ मत प्राप्त गरे भने सहकोषाध्यक्षमा मनोजकुमार राई २३३ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी दिलबहादुर गुरुङले १६१ मत प्राप्त गरे ।
यसैगरी, सदस्यमा लक्ष्मी श्रेष्ठ, गणेशप्रसाद यादव, उत्तमकुमार पौडेल, सन्तकुमार मेहता, तिलकराज पोखरेल (मनोहर), चन्द्रशेखर सुवेदी, रणबहादुर कार्की, र सुप्रिप राई निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि, साधारणसभा तथा अधिवेशन उद्घाटन समारोहमा निर्माण व्यवसायी संघ झापालगायत कोशी प्रदेशका विभिन्न जिल्ला संघलाई विपदको भोटेकोशी बाढी विपद्को समयमा बाढीपीडितका लागि उल्लेख्य आर्थिक सहयोग गरेकोमा सम्मान गरिएको थियो ।

