विर्तामोड खानेपानीमा चुनावी सरगर्मी ः कांग्रेस–राप्रपा प्यानलको उम्मेदवार घोषणा, अध्यक्षमा मैनाली

झापा । झापाको प्रमुख व्यापारिक शहर विर्तामोडस्थित विर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ ।

संस्थाको निवाृचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरेसँगै चुनावी सरगर्मी ह्वात्तै बढेको हो ।

संस्थाको आगामी नेतृत्वका लागि मुख्य रुपमा राजनीतिक आस्थासमेत जोडिएका दुईवटा प्यानल चुनावी मैदानमा उत्रिने बुझिएको छ ।

यसैबीच, आसन्न निर्वाचनका लागि नेपाली कांग्रेस नेतृत्व गठबन्धनले उम्मेदवार घोषणा गरेको छ । कांग्रेस र राप्रपाको संयुक्त प्यानलले आज बिर्तामोडस्थित बिर्तामोड पार्टी प्यालेसमा उम्मेदवारी घोषणा गरेको हो ।

कांग्रेस–राप्रपा गठबन्धनको तर्फबाट अध्यक्ष पदमा पारस मैनालीलाई उम्मेदवार घोषणा गरिएको छ । यस्तै, उपाध्यक्षमा शैलेन्द्र सिटौलाई अघि सारिएको छ । अध्यक्षका उम्मेदवार मैनाली वर्तमान समितिका सचिव हुन भने सिटौला उपाध्यक्ष हुन् । सचिवमा खगेन्द्र थापा र कोषाध्यक्षमा आनन्द गुरुङलाई उम्मेदवार घोषणा गरिएको छ । सदस्यमा विकास रिजाल, विरणकुमार कोइराला, किरण सुब्बा, कमला अग्रवाल र सोना श्रेष्ठलाई उम्मेदवार बनाइएको छ ।

कांग्रेस नेतृत्वको गठबन्धनले सचिव र एक सदस्य राप्रपालाई दिएको छ । सचिवका उम्मेदवार खगेन्द्र थापा र सदस्यका उम्मेद्वार विकास रिजाल राप्रपातर्फका उम्मेदवार हुन् । कांग्रेसले ९ सदस्यीय कार्यसमितिमा २ सिट राप्रपालाई दिएको हो ।

यस्तै, नेकपा एमाले, नेकपा र रास्वपाको अर्को संयुक्त प्यानल बनेको बुझिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds