बिर्तामोडमा फागुन ५ गतेदेखि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने

औद्योगिक मेला

रोहित काफ्ले भद्रपुर, झापा
२०७९ माघ ०३
झापाको व्यवसायिक सहर बिर्तामोडमा औद्योगिक व्यापार महोत्सव हुने भएको छ । विर्तामोड उद्योग वाणिज्य संघको अग्रसरतामा फागुन ५ गतेदेखि सुरु हुने गरी बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना गर्न लागिएको हो ।
आज संघले पत्रकार सम्मेलन गरी महोत्सवको प्रारम्भिक तयारीबारे जानकारी दिएको हो । महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले देशव्यापी आर्थिक संकट र मन्दीका बीच व्यवसायिक क्षेत्रको विकासका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनु भयो ।
फागुन १५ सम्म आयोजना हुने महोत्सवमा २५० स्टल रहने बताइएको छ । तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने र ४५ करोड बराबरको कारोवार हुने अनुमान गरिएको छ ।
महोत्सवमा भारत, बंगलादेश र पाकिस्तानका उद्यमी पनि सहभागी हुने संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिनु भयो ।
महोत्सवलाई व्यवसायीले प्रचारका रुपमा लिने बताउँदै संघका महासचिव अर्जुन मैनालीले महोत्सव सम्पन्न गर्न करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *