भद्रपुरमा पूर्वकै सर्वाधिक ठूलो बेङ्क्वेट ‘डे–ग्लो’ सञ्चालनमा, आज आस्था राउतको लाइभ प्रस्तुति

रोहित काफ्ले

झापा । एकातिर पैसा कमाउन विदेशै जानुपर्छ भन्ने मानसिकता बोक्ने युवाको ठूलो जमात छ नेपालमा । अर्कोतिर, आफ्नै देशमा केही गर्नुपछ भन्ने सोचका साथ विदेशको आकर्षक कमाइ छोडेर नेपालमै उद्यम गर्ने युवाहरुको पनि कमी छैन । यस्तै सोच राखेर झण्डै एक दशकदेखि झापाको भद्रपुरमा विभिन्न उद्यम गरिरहेका युवाहरु हुन् — भद्रपुर निवासी राज वन र एमबी गिरी । यी दुई युवाको संयुक्त लगानीमा भद्रपुर–८ मा होटल डेग्लोसँगै अन्य व्यवसाय पनि संयुक्त रुपमा सञ्चालन भइरहेको छ ।

यसैक्रममा, आधुनिक होटल व्यवसायमा ‘डे–ग्लो’लाई ‘ब्राण्ड’ बनाइसकेका यी दुई युवाले संयुक्त लगानीमै संभवत पूर्व क्षेत्रकै सर्वाधिक ठूलो र अत्याधुनिक बेङ्क्वेट सञ्चालनमा ल्याएका छन् । भद्रपुर–८ सगरमाथाचोकमा रहेको होटल ‘डे–ग्लो’कै छेउमा निर्माण गरिएको बेङ्क्वेट आजदेखि सञ्चालनमा आएको हो । र, ‘डे–ग्लो’को परिचयलाई थप बजबुत बनाउँदै उनीहरुले बेङ्क्वेटको नाम पनि ‘डे–ग्लो’ नै राखेका छन् ।

बेङक्वेट परिसर १४ कट्ठा क्षेत्रफलमा फैलिएको छ भने त्यहाँ १२ सय जना आरामले अँट्नसक्ने बेङ्क्वेट हल निर्माण गरिएको छ । ‘हामीले इटहरीयता पूर्वका प्रायः सबै बेङ्क्वेट हेरेर आयौं’, सञ्चालक राज वनले भने– ‘यति ठूलो बेङक्वेट कतै देखेनौं ।’ वर्तमान आधुनिक समयको माग र आवश्यकतालाई ध्यानमा राखेर बेङक्वेट निर्माण गरिएको उनले बताए । बेङ्क्वेटमा अत्याधुनिक लाइटिङ, उत्कृष्ट साउण्ड सिस्टम अनि पर्याप्त क्षमताको एसी जडान गरिएको सञ्चालक वनको भनाइ छ । हलसँगै जोडिएका चेन्जिङ रुमहरु पनि रहेको उनले बताए । उनले जस्तासुकै गर्मीमा पनि कार्यक्रम गर्न सक्नेगरिको एसी जडान गरिएको दाबी गरे । अनावश्यक ध्वनि प्रदूषण नियन्त्रण गर्नसक्ने आधुनिक र महंगो साउण्ड सिस्टम पनि जडान गरिएको बताउँदै उनले हललाई थप आकर्षक बनाउन लाइटिङको उत्कृष्ट संयोजन गरिएको पनि बताए । बेङ्क्वेट निर्माणमा दुई करोड रुपैयाँ लगानी भइसकेको पनि वनले जानकारी दिए ।
अब जस्तोसुकै ठूलो सभा–समारोह वा कार्यक्रम गर्नु पर्दा अन्यत्र धाइरहनु नपर्ने अर्का सञ्चालक एमबी गिरीले बताए । ‘१२ सय मान्छे एउटै हलभित्र अटाउन सक्ने गरी यो बेङक्वेट तयार भएको छ’, उनले भने– ‘जत्रोसुकै कार्यक्रम गर्न–गराउन हामी सक्षम छौं ।’

बेङक्वेट शुभारम्भकै अवसरमा आज बेङ्क्वेट परिसरमा लोकप्रिय गायिका आस्था राउत तथा विश्वास एण्ड द ब्याण्डको ‘लाइभ’ प्रस्तुति रहने सञ्चालक राज वनले जानकारी दिए । कार्यक्रम अपरान्ह ४ बजेपछि सुरु हुने बताइएको छ । प्रवेश निःशुल्क गरिएको पनि उनले बताए ।
खाडी मुलुक युएईमा होटल क्षेत्रमै करिब पाँच वर्ष काम गरेर फर्किएका वन र गिरीले त्यहाँको अनुभवलाई पनि होटल ‘डे–ग्लो’ सञ्चालनका क्रममा उपयोग गरेका छन् । झापाकै पनि कतिपय ठूला होटलमा उपलब्ध हुन नसकेका खानाका परिकारहरु होटल डे–ग्लोमा उपलब्ध हुने सञ्चालक वनको भनाइ छ । ‘विदेशमा आकर्षक कमाइ छोडेर हामी दुबैजना आफ्नै देशमा, आफ्नै ठाउँमा केही गर्नुपर्छ र आफूलाई समाजमा स्थापित गराउनुपर्छ भन्ने सोचेर फर्कियौं र यो व्यवसाय सुरु गर्यौं’, उनले भने– ‘भद्रपुरजस्तो सानो ठाउँमा यत्ति धेरै लगानीमा व्यवसाय गर्नु चुनौतीपूर्ण त छ तर हामी हाम्रो मेहनत र कामप्रति विश्वस्त छौं ।’ उनले बेङक्वेट निर्माणसँगै होटल डेग्लोको पनि स्तरोन्नति गरिएको बताए । होटलमा १४ वटा अन्तर्राष्ट्रियस्तरको डिलक्स कोठा निर्माण गरिएको  र तीन महिनाभित्र सञ्चालनमा ल्याइने जानकारी दिए । होटलले २४ सै घण्टा सेवा दिने पनि उनको भनाइ छ ।


उनीहरुको लगानीमा होटलकै परिसरभित्र फिटनेस सेन्टर पनि सञ्चालन गरिरहेका छन् भने इलेक्टो«निक्स र फेसन हाउस पनि सञ्चालनमा छ । त्यसैगरी, भद्रपुर–५ स्थित बसपार्कछेउ होटल डे–ग्लो इन सञ्चालनमा छ । त्यहाँ पनि आरामदायी २४  वटाडिलक्स रुम उपलब्ध रहेको सञ्चालक गिरीले बताए ।
यी सबै व्वयवसायमा लगभग ८ करोड रुपैयाँ लगानी भएको सञ्चालक वनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *