झापा । भारतसमेतका आँखाका बिरामीहरूको विश्वास र भरोसाको स्वास्थ्य प्रतिष्ठान बनेको झापाको विर्तामोड ३ सैनिकमोडस्थित मेची आँखा अस्पताल संघको अध्यक्षमा विर्तामोड निवासी, समाजसेवी जलकुमार गुरूङ सर्वसम्मत चयन भएका छन् । उनको यो दोस्रो कार्यकाल हो ।
अस्पतालकै सभाहलमा हिजो बिहीबार सम्पन्न संघको बोर्ड बैठकले अध्यक्षमा गुरूङलाई सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै, संघको उपाध्यक्षमा सुरेश वंशल, सचिवमा सुरज खत्री, कोषाध्यक्षमा मञ्जु सिटौला पोखरेल एवम् सदस्यमा संघका निवर्तमान अध्यक्ष छत्रप्रसाद अधिकारी, दिनेशकुमार मित्तल, भरतलाल गिरी, भीम गुरुङ, चण्डीप्रसाल पराजुली, डा। गोपाल पोखरेल र गणेश पोखरेल सर्वसम्मत चयन भएका छन् ।
यसअघि सदस्य रहेका खत्री यसपटक सचिव पदमा चयन भएका छन् भने यसअघि सचिव रहेका गणेश पोखरेल यसपटक सदस्यमा चयन भएका छन् । बाँकी पदाधिकारी९सदस्य साविककै पदमा चयन भएको बताइएको छ ।
गुरूङले अध्यक्ष पद सम्हालेपछि अस्पतालको सेवा तथा भौतिक संरचना विस्तार एवम् अस्पताल परिसर सौन्दर्यीकरणमा उल्लेख प्रगति भएको बताइन्छ ।
समुदायस्तरबाट सञ्चालित मेची आँखा अस्पतालमा भारतको बंगाल, बिहार, आसाम, मेघालयसमेतबाट आँखा उपचारका लागि बिरामी आउने गरेका छन् भने बंगलादेश, भूटानका पनि बिरामी उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा पुरूषाेत्तम जाेशीले जानकारी दिए ।
अस्पतालले झापाको सदरमुकाम भद्रपुरमा पनि मेची आँखा उपचार केन्द्रका रूपमा सेवा सञ्चालन गर्दै आएको छ भने सामाजिक उत्तरदायित्वअन्तरगत देशका विभिन्न क्षेत्रमा निस्शुल्क आँखा शिविरहरू आयोजना गर्दै आएको अध्यक्ष गुरूङले जानकारी दिए ।