झापा । स्वस्थ एवम् स्वच्छ समाज निर्माणका लागि ‘साइकल संस्कृति’लाई प्रवद्र्धन गर्ने उद्देश्यले झापाको सदरमुकाम भद्रपुरमा तदर्थ रुपमा गठन गरिएको ‘भद्रपुर साइकल समाज’को प्रथम साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाले तदर्थ समितिका अध्यक्ष जीवनकुमार श्रेष्ठलाई आगामी कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।
मेची रंगशालास्थित भद्रपुर झापा गोल्डकपको सचिवालय हलमा गोल्डकपका अध्यक्ष दिपेश ढकालको प्रमुख आतिथ्यमा आयोजित साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा जितेन्द्रकुमार शर्मा, सचिवमा प्रवेश न्यौपाने, कोषाध्यक्षमा देबीबहादुर श्रेष्ठ, सहसचिवमा सुजित राई र सदस्यमा बेनामहाङ योङहाङ, युवराज लावती, मुकेशकुमार दाहाल र उज्वल श्रेष्ठ चयन भएका छन् । ९ सदस्यीय तदर्थ समितिलाई निरन्तरता दिँदै समाजको विनियम २०८२ अनुसार शर्मिला अधिकारी र प्रभा आचार्य ढकाल दुईजना सदस्य थप गरी ११ सदस्यीय समिति चयन भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
साधारणसभामा भद्रपुर साइकल समाज तदर्थ समितिले गरेका कार्यहरुको प्रशंसा गरिएको थियो भने मेची–महाकाली साइकल राइडरहरु मनोज सिंह र श्वेता श्रेष्ठले साइक्लिङमा गरेको विशेष योगदानको चर्चा गर्दै उनीहरुलाई सम्मानसमेत गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि ढकाल, भद्रपुर नगरपालिकाका वडाध्यक्षज्यूहरु बन्धु कार्की, अभिषेक ढुंगाना र गौरब सुब्बा, महिला राइडर तथा लायन्स प्रतिनिधि शर्मिला अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभामा भद्रपुरमा वडा नं ५ र भद्रपुर नगरपालिकाको सहयोग तथा भद्रपुर साइकल समाजको व्बस्थापनमा ‘प्रथम भद्रपुर साइक्लोथोन–२०८२’ आयोजना गरिने जानकारी गराइएको थियो ।
संस्था स्थापनादेखि भएका गतिविधि र गरिएका कार्यक्रम समेटिएको संस्थागत प्रतिवेदन प्रस्तुतसहित सचिव प्रवेश न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष जीतेन्द्रकुमार शर्माले स्वागत मन्तव्य राखेका थिए ।
