जिल्ला सहकारी संघ झापाको २९ ओैँ साधारणसभा सम्पन्न

झापा । जिल्ला सहकारी संघ, झापाको २९ ओैं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष प्रेम कोइरालाको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सहकारी वैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले उद्घाटन गरेका थिए ।

साधारणसभामा वार्षिक प्रयति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कोइरालाले आर्थिक वर्ष २०८१÷०८२ मा २३ लाख २९ हजार ६ सय रूपैयाँ नाफा गरेको जानकारी दिए । संघले संस्थालाई गतिशील बनाउन ७ वटा नीति तथा कार्यविधि संशोधन गर्ने र २६ वटा नयाँ निर्माण गर्ने बताए ।

झापाका ४९३ वटा सहकारी संस्था यसका शेयरधनी रहेका छन् भने शेयरपूँजी ४ करोड १२ लाख ५१ हजार २०० रूपैयाँ, निक्षेप वचत २१ करोड २२ लाख ३१ हजार ९६४ रूपैयाँ, र कोष हिसाब ८ करोड १८ लाख ३७ हजार २५६ रूपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

संघले ३२ वटा सदस्य संस्थालाई १७ करोड ५६ लाख ८४ हजार ५८० रूपैयाँ ऋण लगानी गरेको छ भने असार मसान्तमा २३ लाख २९ हजार ६०६ रूपैयाँ सञ्चालन नाफा गरेको प्रतिवेदनमा उल्लेख छ।

संघबाट ऋण लिएर नतिर्ने ६ वटा सहकारी संस्थाविरुद्ध झापा जिल्ला अदालतमा मुद्दा दायर गरिएकोमा संघको पक्षमा फैसला हुँदा दुईवटा संस्थाले ऋण चुक्ता गरेको र चारवटाले आंशिकरुपमा कार्यान्वय गर्दै रहेको प्रतिवेदनमा जनाइएको छ ।

संघका सचिव भवानीप्रसाद दंगालले सञ्चालन गरेको समारोहमा  वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले स्वागत गरेका थिए ।

समारोहमा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष तथा सहारा नेपाल साकोस लि.का कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, राष्ट्रिय सहकारी बैंक, लेखा सुपरीवेक्षण समितिका संयोजक तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, नेपाल कृषि सहकारी केन्द्रीय संघकी उपाध्यक्ष मीनाकुमारी ढकाल, संघका पूर्व अध्यक्ष हरिचरण वानियाँलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *