झापाबाट सरुवा भएका एसपी लिम्बूलाई सम्मानसहित विदाइ

झापा । झापाबाट केन्द्रीय कार्यालयमा सरुवा भएका प्रहरी उपरीक्षक राजन लिम्बूलाई झापा उद्योग वाणिज्य संघले सम्मानसहित विदाइ गरेको छ ।
संघको सभाहलमा आज एक कार्यक्रम आयोजना गरी प्रहरी उपरीक्षक लिम्बूलाई सम्मानसहित विदाइ गरेको हो ।

एकवर्षे कार्यकालमा झापामा विवादरहित ढंगले उद्योगी–व्यवसायीलगायत झापाली नागरिकलाई शान्ति–सुरक्षाको प्रत्याभूति गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा एसपी लिम्बूलाई सम्म्मापत्रसहित मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष एवम् झापा औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले सम्मानपत्र हस्तान्तरण एसपी लिम्बूलाई सम्मानपत्रसहित मायाको चिनो हरुतान्तरण गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष बाबुराम पराजुलीसहित पदाधिकारी–सदस्यहरुले एसपी लिम्बूलाई खादा अबिर पहिर्याएर सम्मान गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव सुमन्त मैनालीले गरेका थिए ।

झापा जिल्ला प्रहरी कार्यालय प्रमुखको रुपमा लिम्बूले एक वर्ष नेतृत्व सम्हालेका थिए । लिम्बूको सरुवा भएपछि झापाको कमाण्ड सम्हाल्न एसपी बसुन्धरा खड्का झापा आइसकेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *