झापा । झापाबाट दंगा नियन्त्रण रेजिमेन्ट गण काठमाडौं सरुवा भएका सशस्त्र प्रहरी बल नं. २ गण हे. क्वा. झापा भद्रपुर प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीलाई झापा उद्योग वाणिज्य संघले फेरि भेटौँला कार्यक्रमसहित सम्मान गरेको छ ।

संघको सभाहलमा आज एक कार्यक्रम आयोजना गरी सशस्त्र प्रहरी उपरीक्षक भण्डारीलाई सम्मान गरिएको हो ।

एकवर्षे कार्यकालमा झापामा विवादरहित ढंगले उद्योगी–व्यवसायीलगायत झापाली नागरिकलाई शान्ति–सुरक्षाको प्रत्याभूति गराउन, चोरी पैठारी–निकासी नियन्त्रण, लागुऔषध प्रयोग तथा कारोबार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा एसपी भण्डारीलाई सम्म्मापत्रसहित मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष एवम् झापा औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले एसपी भण्डारीलाई

सम्मानपत्रसहित मायाको चिनो हस्तान्तरण गरेका थिए । कार्यक्रममा संघका विशिष्ट सदस्य खडकबहादुर लिम्बू, उपाध्यक्ष बाबुराम पराजुली, उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ, कोषाध्यक्ष पवन श्रेष्ठसहित पदाधिकारी–सदस्यहरुले एसपी भण्डारीलाई खादा अबिर पहिर्याएर सम्मान गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव सुमन्त मैनालीले गरेका थिए ।

गणमा भण्डारीले एक वर्ष नेतृत्व सम्हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *