झापा । झापाको भद्रपुर ८ स्थित सर्वसुलभ बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष दीपक पोखरेलको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाको उद्घाटन विशिष्ट अतिथि भद्रपर नगरपालिकाकी उपप्रमुख उपप्रमुख राधा कार्कीले गरेकी थिइन् ।

सो अवसरमा उत्कृष्ट ऋणी र बचतकर्तालाई सम्मान गरिएको थियो । उत्कृष्ट बचतकर्ताका रुपमा संजीव पौडेल, शिवलाल ढुङ्गाना, शिव भरोस शाह, राममाया लावती, निरज न्यौपाने र राखी राजबंशीलाई सम्मान गरिएको थियो भने त्यस्तै बन्दना शाह, जानकी शाह, प्रेमकुमार राई, तरला राजवंशी, रविशंकर भट्टराई, ममता मण्डल राजवंशी, देवीमाया कडरिया, पूर्णिमा हरिजन र मेनुका राजवंशीलाई उत्कृष्ट ऋणीका रूपमा सम्मान गरिएको थियो।भद्रपुर ८ स्थित नेपाल सामुदायिक विकास केन्द्रको हलमा भएको साधारणसभामा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, विशिष्ट अतिथि उपप्रमुख कार्की, ८ नम्बर वडाध्यक्ष गौरव सुब्बा मनोज, ७ नम्बर वडाध्यक्ष अभिषेक ढुङ्गाना , वडा सदस्य भगवती बस्नेत, सगरमाथा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष तोया गड्तौला, भद्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख नेत्र पोखरेल र झापा सामुदायिक साकोसका व्यवस्थापक आनन्द खतिवडाले शुभकामना मन्तव्य राखेका थिए ।

सहकारीका व्यवस्थापक अर्जुन दुलालले स्वागत मन्तव्य राखेको साधारण सभाको सञ्चालन सचिव मनोज दाहालले गरेका थिए भने लेखा समिति संयोजक दीप पौडेलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाले अध्यक्ष र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।
