भेलागुडी विश्रान्ति घाटमा ३५० जनाको आँखा जाँच ः १२ जनाको आँखाको अपरेशन हुने

झापा । झापाको बिर्तामोड–८ स्थित भेलागुडी विश्रान्तिघाट निर्माण समितिले बिहीबार निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

बिर्तामोड नगरपालिका ८ नं. वडा कार्यालयको विशेष पहल र दृष्टि आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा विश्रान्तिघाट परिसरमा आयोजित शिविरमा करिब ३५० जना बिरामीले सेवा लिएको आयोजक समितिका सचिव मदन अधिकारीले जानकारी दिए । तीमध्ये १२ जनामा मोतिया विन्दुको समस्या पाइएको र उनीहरूलाई सहुलियत रुपमा शल्यक्रिया गरिने उनले जानकारी दिए ।

शिविरमा आँखाको उपचारसँगै नाक, कान र घाँटीसम्बन्धी पनि निःशुल्क चेकजाँच गरिएको वडाध्यक्ष अजय कार्कीले बताए । उनले भेलागुडी विश्रान्ति घाटलाई धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा विकास गरिएको बताउँदै घाट निर्माणपछि पार्कको काम तीव्र गतिमा भइरहेको जानकारी दिए ।

दृष्टि आँखा अस्पतालका बजार व्यवस्थापक सूर्य रिमालले सहजीकरण गरेको शिविरमा सो अस्पतालका डा. वीरेन्द्रप्रसाद साह, डा. कौशल किशोर साह, डा. चन्दना साह, सुजन केरुङ, शिक्षा गजमेर, सरोज बस्नेतलगायतको टिमले स्वास्थ्य जाँच गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *