झापा ३ मा रास्वपाका पाठक निर्वाचित

झापा । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत झापा क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)–का उम्मेद्वार प्रकाश पाठक निर्वाचित भएका छन् ।

झापा बाह्रदशीका स्थायी वासिन्दा पाठक निकटतम प्रतिस्पर्धी राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई २१ हजार ३८० को फराकिलो मतान्तरले पराजित गर्दै पहिलो पटक सांसद बनेका हुन् ।

पाठकले ३८ हजार ६७४ मत प्राप्त गर्दा लिङ्देनले १७ हजार २९४ मत हासिल गरेका छन् । २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लिङ्देन विजयी भएका थिए ।
नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेले ८ हजार १९९, नेकपा एमालेका हरिबहादुर राजवंशीले ७ हजार ४९२, श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले ७ हजार ३३९ र नेकपाका डिल्लीराम घिमिरेले एक हजार ४५० मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्ेद्वार डिल्लीराम घिमिरे (हिक्मत)–ले १ हजार ४५० मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा १ लाख ४० हजार ८५७ मतदाता रहेकोमा ८८ हजार ५६१ मत खसेको थियो । त्यसमा ५६२९ मत बदर भएको मख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *