झापा क्षेत्र नं १ मा रास्वपाकी निशा डाँगी विजयी

झााप । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार निशा डाँगी विजयी भएकी छिन् । सो क्षेत्रमा डाँगीले नेपाली कांग्रेसका उम्मेद्वार केशवराज पाण्डेलाई ३५ हजार १३० मतान्तरले पराजित गरेकी हुन् ।

भर्खरै प्राप्त अन्तिम मतपरिणाम अनुसार डाँगीले ४५ हजार ६८० मत प्राप्त गर्दा पाण्डेले १०५५० मत मात्र प्राप्त गरे ।

सो क्षेत्रमा अन्य उम्मेद्वारहरुमा श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार चार मत प्राप्त गर्दा नेकपा एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत प्राप्त गरे ।

१ लाख ३१ हजार ६७ मतदाता रहेको झापा १ मा ८३ हजार ८२२ मत खसेको निर्वाचन अधिकृतको कार्यालय झापा १ ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *