झापा । राष्ट्रिय स्वतन्त्र पाटीृका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री चयन भएका छन् ।
आज राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त संसदीय दलको नेताका रुपमा प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीमा नियुक्तिसँगै बालेनलाई राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको सपथ गराए ।
सपथ समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकबाट स्वस्तिशान्ति वाचन, बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिएको थियो ।
गत फागुन २१ गते भएको सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिटमा जीत हात पादै सुविधाजनक बहुमत ल्याएको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाहले सपथ लिएपछि प्रधानमन्त्रीले नियुक्त गरेका मन्त्रीहरुले पनि आजै सपथ लिएका छन् ।
बालेन नेतृत्वको सरकारमा १३ जना मन्त्री छन् ।
रास्वपाका सुधन गुरुङ गृह, स्वर्णिम वाग्ले अर्थ, शिशिर खनाल परराष्ट्र, गणेश पौडेल संस्कृति, दीपक साह श्रम, सस्मित पोखरेल शिक्षा, बिक्रम तिमिल्सिना सूचना, प्रतिभा रावल सामान्य प्रशासन, विराजभक्त श्रेष्ठ ऊर्जा, गीता चौधरी कृषि, सोविता गौतम कानून, सीता वादी महिला तथा बालबालिका र सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।
१६ वटा मन्त्रालय रहेकोमा रक्षालगायत तीनवटा मन्त्रालय प्रधानमन्त्री शाहले आफैँ राखेका छन् ।
