मेची पेट्रोलियम डिलर्स एशोसिएशनको अध्यक्षमा पुनः कोइराला

मेची पेट्रोलियम डिलर्स एशोसिएशनको अध्यक्षमा पुनः नविन कोइराला चयन हुनुभएको छ ।
आज बिर्तामोडस्थित एशोसिएशनको सभाहलमा भएको पाँचौँ अधिवेशन तथा १५ औँ साधारणसभाले कोइरालालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा टिकाराम बहादुर पिठाकोटे, उपाध्यक्षमा भूपालराज कटुवाल, महासचिवमा विनोद बस्नेत, सचिवमा विनोद चापागाईं, कोषाध्यक्षमा अमित सरिया र सह कोषाध्यक्षमा मदनकुमार राई सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै, उत्तम श्रेष्ठ, हरिप्रसाद घिमिरे, बालकुमार भण्डारी र सुवास गुरुङ सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि एशोसिएशनका केन्द्रीय अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले लागतअनुसार पेट्रोलियम व्यवसायीले प्रतिफल पाउन नसके आन्दोलनमा उत्रनुको विकल्प नहुने बताउनु भएको थियो । उहाँले पेट्रोलियम व्यवसायीहरुको समस्या समाधानमा सरकार र आयल निगमले आँखा चिम्लिएको दाबी गर्नुभयो ।

कार्यक्रममा एसोसिएसनका पूर्वअध्यक्ष प्रेमप्रसाद दाहाल, सल्लाहकार श्रीप्रसाद मैनाली, ट्यांकर व्यवसायी संघका अध्यक्ष तोकप्रसाद दुलाल लगायतले आफ्नो धारणा राखेका छन् ।

साधारणसभामा अध्यक्ष नवीन कोइरालाले संस्थाको पछिल्लो अवस्थाका विषयमा प्रतिवेदन पेश गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *