झापामा लागुऔषध ब्राउनसुगरसहित दुईजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले झापाको भद्रपुरबाट झापाको मेचीनगर–१५ का २१ वर्षीय सन्देश राई र भद्रपुर नगरपालिका–९ का २१ वर्षीय देवराज दंगाललाई ठूलो परिमाणमा ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
शंंका लागेर चेकजाँच गर्दा उनीहरुको साथमा ५० ग्राम ब्राउनसुगर भेटिएको झापा प्रहरीका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिनु भयो । लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई समातेको हो ।
पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ । उनीहरुको बयानका आधारमा कारोवारी र प्रयोगकर्ताको विषयमा थप खुल्ने प्रहरीको अनुमान छ ।