झापाका सामुदायिक वनमा बेसार खेती ः बजारीकरणका लागि अन्तरक्रिया

झापा । झापाका केही सामुदायिक वनहरुले औषधीय गुणयुक्त बेसारको खेती गर्न थालेका छन् ।

चारकोसे झाडीअन्तर्गत प्रचुर जैविक विविधता भएको जलथल जंगलमा पर्ने सामुदायिक वनहरुले खाली जमनिको उपयोग गर्दै बेसार खेती गर्न थालेका हुन् ।

झापाका भद्रपुर, हल्दिबारी, कचनकवल र बाह्रदशीमा रहेका एक दर्जन बढी सामुदायिक वनहरुले गत वर्षदेखि बेसार खेती गरेका हुन् । वनहरुले पहिलो उत्पादन पनि गरिसकेका छन् ।
फरेष्ट एक्सन नेपालको सहयोग र सामुदायिक वन उपभोक्ता महासंघ झापाको सहजीकरणमा वनभित्र रहेको मिचाहा प्रजातिको माइकेनियाँ झार फाँडेर बेसार खेती भइरहेको महासंघका झापा अध्यक्ष वेदप्रकाश भण्डारीले जानकारी दिनु भयो । उहाँले गत वर्ष नमूनाको रुपमा गरिएको खेतीबाट उत्साहजनक उत्पादन भएको पनि जानकारी दिनु भयो ।


सामुदायिक वनहरुमा अतिविपन्न परिवारका उपभोक्तालाई छानेर वनमा बेसार खेतीका लागि प्रोत्साहन गर्ने गरिएको महासंघ झापाकी सचिव देविका हधिकारीले बताउनु भयो ।
जलथल जंगलभित्र पर्ने पाथिभरा, रातमाटे, विशाल, दियालो, कालिका, दर्गाभिट्टालगायतका सामुदायिक वनमा बेसार खेती भइरहेको र खेती विस्तार पनि भइरहेको बताइएको छ ।
सामुदायिक वनहरुले बेसार खेती गर्न थाले पनि उत्पादित बेसारको बजारीकरणको आवश्यकता महसूस गरिएको छ । र, बेसारको बजारीकरणका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया गर्न थालिएको छ ।
यसैक्रममा, बिहीबार फरेष्ट एक्सनकै सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघले भद्रपुरमा बेसारको बजारीकरणसम्बन्धी अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा बेसार खेती गरिरहेका सामुदायिक वना प्रतिनिधिहरुले उत्पादित बेसार सहज ढंगले बिक्री हुने वातावरण बन्नुपर्ने बताएका थिए भने व्यवसायीहरले नेपाली बेसारभन्दा भारतीय बेसार सस्तो हुने भएकोले नेपाल बेसारको बजारीकरणमा समस्या आउनसक्ने बताएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *