झापा । झापाका कोइला व्यवसायी संगठित भएका छन् । विर्तामोडका युवा व्यवसायी बिनोद बस्नेतको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गर्दै कोइला व्यवसायी संगठित भएका हुन् ।यसअघि झापामा कोइला व्यवसायी संगठित गर्न अर्जुन चुडालको संयोजकत्वमा तदर्थ समिति बनेको थियो । तदर्थ समिति संयोजक चुडालको अध्यक्षतामा विर्तामोडमा सम्पन्न व्यवसायीको भेलाबाट कोइला व्यवसायी संघ झापा गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा सुनिलकुमार जोधानी ‘पिन्टु’ (विमला देवी ट्रेड एण्ड सप्लार्यस), सचिव मनोहर अग्रवाल (मित्तल इन्टरप्राइजेज), सहसचिव सुमन भट्टराई (रुद्राक्ष इन्टरनेशनल ट्रेडिङ प्रा. लि) र कोषाध्यक्षमा रजनिश कर्नानी (प्लेटिनम् मार्केटिङ प्रा.लि) रहेका छन् ।
समितिको सदस्यमा चतुर्भुज घिमिरे, प्रकाश चौधरी, राकेश विन्दल र विनोदकुमार अग्रवाल रहेका छन् । झापामा दुई दर्जन बढी कोइला व्यवसायी छन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवाल, व्यवसायी विवेक घिमिरे, राकेश विन्दल, वदनकुमार मित्तल, वावुलाल अग्रवाल, राजीव श्रेष्ठ, विनोद अग्रवाल, जगन्नाथ शर्मा खनाल, मनोज गोयललगायतको आतिथ्यता रहेको थियो ।