नेपाली कांग्रेसको कचनकवलकवल–सगरमाथा जागरण अभियान सुरु

झापा । राजनीतिलाई आर्थिक विकास र पर्यटन प्रवद्र्धनसँग जोड्ने उद्देश्यले नेपाली कांग्रेसले कचनकवल–सगरमाथा जागरण अभियान आजदेखि सुरु गरेको छ ।
नेपाली कांग्रेस, कोशी प्रदेश समितिको आयोजनामा नेपालको सबैभन्दा होचो भूभाग रहेको कचनकवल स्तम्भबाट जागरण अभियान सुरु भएको हो ।

समुद्र सतहबाट ५८ मिटर मात्र उचाइमा रहेको कचनकवल स्तम्भ परिसरमा आयोजित बृदत समारोहका बीच समरोहका प्रमुख अतिथि पार्टीका पूर्व महामन्त्री तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला, पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, संघीय सरकारको वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, नेपाली कांग्रेस कोशीका सभापति उद्धव थापालगायतले शान्तिको प्रतिक परेवा उडाएर अभियान शुभारम्भ गर्नुभयो ।

सो अवसरमा अभियानका संयोजक कोशी प्रदेश सभापत थापाले आज देशकै होचो भाग कचनकवलबाट सुरु भएको अभियान आगामी असारमा सवोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बु जिल्लामा समापन गरिने जानकारी दिनुभयो । अभियानका क्रममा कोशी प्रदेशका १४ वटै जिल्लामा तत् जिल्लाका पर्यटकीय स्थलको चर्चा र आर्थिक विकासको संभावनाको खोजी गरिने बताउनु भयो ।

समारोहमा प्रमुख अतिथि सिटौला, पाटीृका महामन्त्री शर्मा, पूर्वमन्त्री कार्की, मन्त्री शाहीलगायतले अभियानलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिनु भयो ।
सो अवसरमा बहत स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो भने विभिन्न जातजातिका संस्कृति झल्किने सांगीतिक झाँकी प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *