आ.व. ०८३÷०८४ का लागि भद्रपुर नगरपालिकाको बजेट १ अर्ब ७ करोड ७९ लाख

झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि १ अर्ब ७ करोड ७९ लाख ५० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
न्गरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आज बसेको नगरसभाको १८ औँ बैठकमा उपप्रमुख राधा कार्कीले उक्त आकारको बजेट प्रस्तुत गरेकी हुन् । उपप्रमुख कार्कीले बजेट प्रस्तुत गर्दै विभिन्न १२ शीर्षकमा आय हुने बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रसमेतको उपस्थितिमा प्रस्तुत गरिएको बजेटमा आयतर्फ आन्तरिक स्रोत परिचालनबाट रु. ८ करोड, संघीय राजश्व बाँडफाँडबाट रु. १२ करोड ८० लाख दुई हजार, स्थानीय राजश्व बाँडफाँडबाट रु. ४ कोड, प्रदेश राजश्व बाँडफाँडबाट रु. १ करोड १० लाख, संघीय समानीकरण अनुदान रु. १७ करोड ३५ लाख, संघीय सशर्त अनुदान (चालु) रु. ३० करोड ३ लाख, संघीय सशर्त अनुदान (पूँजीगत) रु. २८ लाख, संघीय समपूरक अनुदान रु. ३५ लाख, संघीय विशेष अनुदान रु. २ करोड ८४ लाख, प्रदेश समानीकरण अनुदा रु. १ करोड ६७ लाख ४६ हजार, प्रदेश सशर्त अनुदान रु. ३ करोड ४२ लाख दुई हजार र नगद मौज्लात २५ करोड ९५ लाख हुने गरी १ अर्ब ७ करोड ७९ लाख ५० हजार रहने उल्लेख छ ।

खर्चतर्फ सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढी ३७ करोड ७५ लाख दुई हजार रुपैयाँ विनियोजन गरिएको छ । यो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, संस्कृति प्रवद्र्धन, लैंगिक समानता तथा सामाजिक समावेशीकरणलाई समावेश गरिएको छ । पूर्वाधार विकासतर्फ २६ करोड ९ लाख रुपैयाँ विनिायेजन गरिउको छ भने कृषि, पर्यटन, उद्योग तथा वाणिज्य र सहकारी क्षेत्रका लागि ३ करोड ७५ हजार विनियोजन गरिएको छ ।

यसैगरी, वन वातावरण तथा विपद व्यवस्थापनमा रु. ३ करोड १४ लाख ७३ हजार, सुशासन तथा संस्थागत विकासमा २५ करोड ३० लाख विनियोजन गरिएको छ । वडागत सिलिङअन्तर्गत प्रत्येक वडालाई समान १ करोड २५ लाख गरी १० वडाका लागि १२ करोड ५० लाख रुपैयाा विनियोजन गरिएको उपप्रमुख कार्कीले बताइन् ।

नगरसभामा नगरप्रमुख पोखरेलले आ. व. ०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *