शिक्षा बहुउद्देश्यीय सहकारीले रचनात्मक कार्यक्रमका साथ मनायो ११ औं स्थापना दिवस

विर्तामोड । उद्देश्य अनुरुप सफलतापूर्वक मन्टेश्वरी शिक्षा सञ्चालन गरिरहेको झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो ११ औं स्थापना दिवस रचनात्मक कार्यक्रमका साथ मनाएको छ ।

संस्थाले सोमबार बवर्तामोडमा ११ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको हो । यस अवसरमा संस्थाले कर्मचारी अभिमुखीकरण तथा तीज मिलन कार्यक्रम गरेको संस्थाका सचिव सूर्यकुमार खतिवडाले जानकारी दिए ।
संस्थाका अध्यक्ष सुब्रत न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सञ्चालक समिति, ऋण, लेखा समितिलगायत विभिन्न उपसमिति एवम् कर्मचारीको सहभागिता थियो ।


कार्यक्रमममा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले संस्थाको आगामी योजना र कर्मचारीको भूमिका लगायतका बारेमा प्रशिक्षण दिएका थिए । संस्थाले यस वर्ष सदस्य–राहतका थुप्रै योजना ल्याएको र ती योजनाका बारे सदस्य माझ बुझिने गरी प्रचार गर्न कर्मचारीलाई निर्देशन दिएका थिए । संस्थाले सदस्यलाई अधिकतम् सेवा सुविधा उपलब्ध गराउने लक्ष्य लिएको अध्यक्ष न्यौपानेको भनाइ थियो ।

संस्थाका उपाध्यक्ष हेमराज मिश्रले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सञ्चालन सूर्यकुमार खतिवडाले गरेका थिए ।
अभिमुखीकरणपछि सहभागीहरुलाई दर खुवाइएको थियो भने महिलाहरुले तीज गीतमा छमछमी नाचेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *