नेपाल नेजामती कर्मचारी संगठन झापामा आबद्ध राष्ट्रसेवकहरुले सञ्चालन गरेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था झापाको २५ औ स्थापना दिवस तथा रजत जयन्ती मनाइएको छ ।
भद्रपुर नगरपालिका वडा नं १० को सभाहलमा शनिबार आयोजित एक समारोहका बीच प्रदेशसभा सदस्य छविलाल चूडालले राष्ट्रसेवक साकोसको २५ औं स्थापना दिवस उद्घाटन गरेका थिए ।
समारोहमा संस्थाका जेष्ठ सदस्य, उत्कृष्ट वचतकर्ता र उत्कृष्ट ऋणी सदस्यलाई सम्मान गरिएको थियो ।
जेष्ठ सदस्यका रुपमा केशब लम्साल र कुसुम लामालार्इ सम्मान गरिएको छ । यसैगरी संस्थाका उत्कृष्ट कारोबार गर्ने सदस्यहरु हरिप्रसाद अधिकारी, डोरप्रसाद दुलाल, देविका पोखरेल, मदन चौधरि र विष्णु पोखरेललाई सम्मान गरिएको थियो ।
उनीहरुलाई प्रमुख अतिथि प्देशसभा सदस्य चूडाल, संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीलगायतले सम्मानपत्रसहित दोसल्ला ओढाएर र मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै सांसद चूडालले पछिल्लो समय सहकारीहरुमाथि चौतर्फी आक्रमण भइरहेको बताउँदै यस्तो दुस्साहस गर्ने प्रवृत्तिविरुद्ध सहकारी संचालकहरु एकताबद्ध भएर लाग्नुपर्ने बताए ।
समारोहमा नेपाल निजामती कर्मचारी संगठन झापा अध्यक्ष केदार पोखरेल, स्वपनादेवी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष माधव घिमिरे , सम्मानित विष्णु पोखरेललगायतले मन्तव्य राखेका थिए ।
उपाध्यक्ष डिल्लीराम ढकालले उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन सचिव नवराज पोखरेलले गरेका थिए।
सोही अवसरमा सहकारीविज्ञ खेम बगालेले सदस्य शिक्षा बारे प्रशिक्षणसमेत प्रदान गरेको संस्थाका व्यवस्थापक अनुज खतिवडाले जानकारी दिए ।
संस्थाले रजत उत्सवको अवसरमै सरसफाई प्रवद्र्धनका लागि आइतबार भद्रपुर नगरपालिकाका सबै वडामा डष्टविन वितरण गर्ने पनि व्यवस्थापक खतिवडाले बताए ।