नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ कोशी प्रदेश अध्यक्षमा झापाका अग्रवाल, झापा अध्यक्षमा प्रसाईं

झापा । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ कोशी प्रदेश समितिको अध्यक्षमा झापाका सीए सुशीलकुमार अग्रवाल चयन भएका छन् । उनी यसअघि संघको झापा जिल्ला अध्यक्ष थिए ।

सोमबार विराटनगरमा सम्पन्न अधिवेशनबाट आगामी कार्यकालका लागि अध्यक्षमा झापा विर्तामोडस्थित एसके अग्रवाल एण्ड कम्पनीका सञ्चालक अग्रवाल सर्वसम्मत चयन भएका हुन् । यसैगरी समितिको सचिवमा गुल्सन शर्मा र कोषाध्यक्षमा श्रीप्रसाद निरौला सर्वसम्मत चयन भएका छन् भने रुपा सिघान्ची र मनिष श्रेष्ठ सदस्य चयन भएका छन् ।

नवनिर्वाचित कोशी प्रदेश समितिका पदाधिकारी–सदस्यहरुले सोमबार नै सपथ ग्रहण तथा पद बहाली गरेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवराज उप्रेती, नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका केन्द्रीय अध्यक्ष अनुप नेपाल तथा संघका निवर्तमान कोशी प्रदेश अध्यक्ष तीर्थप्रसाद यादवको उपस्थितिमा नवनिर्वाचित समितिले सपथ ग्रहण तथा पद वहाली गरेको हो ।
सोही समारोहका बीच कोशी प्रदेशका झापा, मोरङ र सुनसरीको पनि नयाँ समिति चयन भएको नवनिर्वाचित कोशी प्रदेश अध्यक्ष अग्रवालले जानकारी दिए । अग्रवालका अनुसार झापा अध्यक्षमा अनिलकुमार प्रसाईं, मोरङ अध्यक्षमा अश्विनी वंशल र सुनसरी अध्यक्षमा शिवकुमार शाह चयन भएका छन् । तीनै जिल्लाको नवनिर्वाचित कार्यसमितिले पनि सोमबार नै सपथ ग्रहणसहित पद बहाली गरेको अग्रवालले जानकारी दिए ।

झापा समितिको उपाध्यक्षमा राहुल साहेवाला, सचिवमा गंगाराम बस्नेत, कोषाध्यक्षमा प्रज्वल शर्मा अधिकारी छन् भने सदस्यमा अमित अग्रवाल, विकास साहु, आशिष मुरारका, डिम्पल अग्रवाल र सुजन भट्टराई चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *