झापा । झापाको सदरमुकाम भद्रपुरमा बुधबारदेखि सुरु कोशी पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीपमा भारतको राइनोल्याण्ड क्रिकेट एकाडेमी आसामले लगातार दोस्रो जीत निकाल्दै सेमिफाइनल यात्रालाई बलियो बनाएको छ ।
भद्रपुर क्रिकेट क्लवको आयोजनामा भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा आसामले भारतकै क्रिकेट कोचिङ उपाधय नयाँ दिल्लीलाई १४ रानले पराजित गर्दै लगातार दोस्रो जीत निककालेको हो । योसँगै यस प्रतिायेगितामा आसामको ४ अंक भएको छ । हिजो भएको उद्घाटन खेलमा आसामले काठमाडौँलाई पराजित गरेको थियो ।
टस जितेर पहिलो ब्याटिङ गरेको आसामले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२६ रनको मध्यम स्कोर बनाएको थियो । जवाफमा नयाँ दिल्ली १९.१ ओभारमा अलआउट हुँदै ११२ रनमा सीमित भयो ।
आसामका तर्फबाट अरुन सोनारले सर्वाधिक ३४ रन बनाए भने नयाँ दिल्लीका तर्फबाट सबाकरिमले ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए । यसैगरी, नयाँ दिल्लीका तर्फबाट इर्साद मलिकले सर्वाधिक ३० रन बनाए भने आसामका तर्फबाट अरुन सोनारले ३.१ ओभरमा १३ रन खर्चिएर ४ विकेट लिए ।

खेलमा र्व्यक्तिगत सर्वाधिक रन र सर्वाधिक विकेट लिने आसामका अरुन सोनार म्यान अफ म्याच भए । उनले ११ हजार नगद र ट्रफी प्राप्त गरे । उनलाई म्यान अफ द म्याच सौजन्यकर्ता प्रभा ढकालले म्यान अफ द म्याच प’स्कार प्रदान गरिन् ।
आजै दोस्रो खेल आयोजक भद्रपुर क्रिकेट क्लव र जीएचसीए काठमाडौँबीच सुरु भएको छ ।
हिजो एक समारोहका बीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतियोगिता उद्घाटन गरेका थिए ।
