झापा । नेपाल–भारत मैत्री संघ झापाको तेस्रो जिल्ला अधिवेशन शनिबार भद्रपुरमा सम्पन्न भएको छ ।
भद्रपुरस्थित झापा उद्योग संघको सभाहलमा संघका अध्यक्ष प्रदीपमणि रेग्मीको अध्यक्षतामा सम्पन्न अधिवेशनको कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशीले उद्घाटन गरेका थिए । उपाध्यक्ष यमबहादुर श्रेष्ठले स्वागत गरेको समारोहको सञ्चालन सचिव शर्मिला अधिकारीले गरेकी थिइन् ।
समारोहमा अध्यक्ष रेग्मीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघको पहल र भारतीय दुतावासको सहकार्यमा झपामा उल्लेख्य रुपमा पूर्वाधार विकास र सामाजिक सेवा कार्य गरिएको जानकारी दिए ।
अधिवेशनबाट प्रदीपमणि रेग्मी दोस्रो कार्याकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । यसैगरी, वरिष्ठ उपाध्यक्षमा यमबहादुर श्रेष्ठ, उपाध्यक्षमा शिवकुमार राजभण्डारी, महासचिवमा शर्मिला अधिकारी, सचिवमा शिला खड्का, कोषाध्यक्षमा अजय साहेवाला र सह कोषाध्यक्षमा अनिता रिजाल सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।
सदस्यमा पार्वती ओझा, निरज पराजुली, गोपाल श्रेष्ठ, निर्मल प्याकुरेल, विनयकुमार गोयल, ईश्वर अधिकारी, गोविन्द कोइराला, सुरेशकुमार मित्तल, भेषराज ढकाल, हरिकृष्ण अग्रवाल, उर्मिलाकुमारी गौतम, देवेन्द्र गौतम, रामु सिंह, धनप्रसाद शिवाकोटी, भक्त खवास, उषा राजवंशी, परविन अलि, राजेश्वर आचार्य र प्रदीप सरावगी सर्वसम्मत चयन भएका छन् भने टिकाराज ढकाल, यमबहादुर श्रेष्ठ, हुलासचन्द्र ससरिया, दिपेश ढकाल, चन्द्रमणि पौडेल, कृष्ण दाहाल, शिवकुमार गुप्ता, आदित्य पराजुली, गणेश पोखरेल, सुरज खत्री, सुष्मा सिन्हा मल्लिक, पुष्प पोखरेल, भारतेन्दुकुमार मल्लिक, रुद्र भुर्तेल, राजु दाहाल, लोकनाथ भट्टराई केन्द्रीय प्रतिनिधि चयन भएका छन् ।
अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि राजवंशी, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, नेपाल–भारत मैत्री संघका पूर्व केन्द्रीय उपाध्यक्ष भारतेन्दुकुमार मल्लिक, केन्द्रीय सदस्य छत्र गिरी, ज्योत न्योपानेलगायतले शुभकामना मन्तव् राखेका थिए ।