झापा ४ मा रास्वपाका ढकाल निर्वाचित

झापा । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाल विजयी हुनुभएको छ ।
सो क्षेत्रमा ढकालले नेकपा एमालेका लालप्रसाद साँवालाई २३ हजार ५४८ मतले पराजित गर्नुभएको हो । मतगणनाको अन्तिम परिणाम अनुसार ढकालले ३२ हजार ७३० मत प्राप्त गर्दा साँवाले ९१८२ मत मात्र प्राप्त गर्नुभएको छ ।

सो क्षेत्रमा अन्य उम्मेद्वारहरुमा श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले ६ हजार २९१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेवे ५ हजार ६५१ मत प्राप्त गर्नुभएको छ ।

१ लाख ३० हजार ७१७ मतदाता रहेको झापा ४ मा ८३ हजार ४६६ मत खसेको निर्वाचन अधिकृतको कार्यालय झापा ४ ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *