कांग्रेस महाधिवेशन ः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा झापा ३ को परिणाम

झापा । नेपाली कांग्रेस झापा क्षेत्र नं. ३ को केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

अन्तिम मत परिणाम अनुसार प्रत्यक्ष महिला खुलातर्फ उर्मिला कुमारी गौतम २५५, यशोदा कार्की २३६, लता कार्की २१५ र समता दाहाल कार्की ३०९ मतसहित निर्वाचित भएका छन् । यस समूहमा तुलसा थापाले १०४, प्रमिला देवी कोइरालाले १३२, विष्णु कुमारी घिमिरे (विमली)–ले १५४, लक्ष्मी निरौला अधिकारीले २११, शर्मिला अधिकारीले २१८ र सविता घिमिरे मैनालीले २०९ मत प्राप्त गरेका छन् ।

खुलातर्फ नविन विमली ४६५, गणेश पोखरेल ४६२, राजेन्द्रकुमार घिमिरे ४२६, भरत प्रसाइँ ३१९, मोहन महर्जन २९८, जगदीश काफ्ले २८६, महावीर लिम्बू (रञ्जित) २८८, टिकाराज ढकाल २७७, जगतबहादुर बस्नेत २४९ र टुनलाल राजवंशी (टोम) २३३ मतसहित निर्वाचित भएका छन् ।

खुला समूहमा झमकबहादुर खड्का १२०, आशिष कोइराला १२६, उमाराम प्रसाईं १८९, उत्तमकुमार सुवेदी १२५, ओमप्रकाश गौतम २१६, तोयानाथ गड्तौला १८०, देवराज कार्की १६६, नगेन्द्र पोखरेल (नविन) ११४, वेदनिधि भट्टराई १३५, बोधकृष्ण सुवेदी ११२, मनप्रसाद कोइराला १४३, रविन पुरी ९५ र होमनाथ निरौला (निरज)–ले १४९ मत प्राप्त गरे ।

युवा महिलातर्फ सदिक्षा खड्का २८७ मतसहित निर्वाचित हुँदा निलम कार्कीले २५२ मत प्राप्त गरिन् । युवा खुलातर्फ भीमसेन शेर्पा लिम्बू ३३२ र नारायण नेपाल ३२८ मतसहित निर्वाचित भएका छन् । इन्द्र लिम्बूले १६५, दीपककुमार शाहले ११४ र प्रकाश फुयाँलले १४८ मत प्राप्त गरेका छन् ।

पेशागत विषय विज्ञतर्फ अधिवक्ता यज्ञप्रसाद अधिकारी ३०६ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अधिवक्ता सुरज खत्रीले २९१ मत प्राप्त गरे ।प्रजातन्त्र सेनानी शहीद परिवार द्वन्द्व पीडिततर्फ नरेन्द्रकुमार कार्की २४६ मतसहित निर्वाचित हुँदा गोपालप्रसाद भुर्तेलले १०८ र शान्तिप्रसाद अर्यालले २०५ मत प्राप्त गरे ।

अल्पसङ्ख्यकतर्फ लखन हेमरम ३६७ मतसहित निर्वाचित भए भने दीपेश कुमार शाहले १३५ मत प्राप्त गरे। आदिवासी जनजाति महिलातर्फ रत्ना कुमारी राजवंशी ३५३ र सविना शेर्मा लिम्बू ४०९ मतसहित निर्वाचित बन्दा शिला तामाङले ३१८ मत प्राप्त गरिन् ।

आदिवासी जनजाति खुलातर्फ मनोज सुब्बा ३६९, दिलकुमार नेम्बाङ ३४३ र खड्गप्रसाद राजवंशी ३२० मतसहित निर्वाचित भए भने कैलाश राईले २८२ र भैरव प्रसाद सिंह राजवंशीले २३९ मत प्राप्त गरे ।
खस आर्य महिलातर्फ गीता ओडारी खरेल ३३९ मतसहित निर्वाचित भएकी छन् । मिना आचार्य गुरागाईले २०९ मत प्राप्त गरिन् ।

यसैगरी, खस आर्य खुलातर्फ कृष्णप्रसाद प्रसाईं २५३ र वेणुप्रसाद सिटौला १८७ मतसहित निर्वाचित हुँदा खगेन्द्र सुवेदीले १६३, भीमबहादुर कार्कीले १६३, मित्रलाल खनालले १३३ र राजेन्द्रप्रसाद ओलीले १३४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds