बालकृष्ण बने श्रम संस्कृति पार्टीको झापा सह काेषाध्यक्ष

झापा । झापाको मेचीनगर–६ काँकरभिट्टाका बालकृष्ण थापा श्रम संस्कृति पार्टीको झापा जिल्ला सह–कोषाध्यक्षमा चयन भएका छन् ।

श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य केवलराम चाम्लिङ राईको विशेष उपस्थितिमा पार्टीका झापा जिल्ला अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा हालै सम्पन्न जिल्ला समितिको पूर्ण बैठकले युवामाझ निकै लोकप्रिय बालकृष्ण थापालाई सह कोषाध्यक्षमा मनोनयन गरेको हो ।

थापाले नेपाल कम्युनिस्ट पार्टी (एमाले)–को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको विभिन्न पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी पूरा गरेका थिए ।

२०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट मेचीनगर वडा नं ६ को वडाध्यक्षमा उनी उम्मेदवार बनेका थिए । केही समयअघि मात्र उनी एमाले छाडेर सांसद हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए ।
थापाको नेतृत्वमा काँकरभिट्टामा श्रम संस्कृति पार्टीले उल्लेखनीय रचनात्त्मक कार्यक्रम सम्पन्न गरिसकेको छ, भने उनकै माध्यमबाट ठूलो संख्यामा युवाहरू श्रम संस्कृति पार्टीमा पार्टी प्रवेश गरिसकेका छन् । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds