करोड पुगेको घोषणासँगै सहारा पत्रकार उपचार कोषका दातालाई सम्मान

झापा। नेपाल पत्रकार महासंघ झापा शाखाले सहारा पत्रकार उपचार कोषमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ । १ करोड रुपैयाँ पुगेको घोषणासँगै आज दाताहरुलाई सम्मान गरिएको हो ।

प्रथम राष्ट्रपति डा. रामवरण यादवले दाताहरुलाई सम्मानपत्र प्रदान गरेका हुन् । पत्रकार महासंघले स्थापना गरेको उपचार कोषमा १ करोड १ लाख ११ हजार १११ रुपैयाँ पुगेको घोषणा गरिएको छ । सहारा नेपाल साकोसले पाँच लाख रुपैयाँ सहयोग गरेर सुरु भएको कोषमा पत्रकार महासंघ झापा शाखाका सदस्यहरु, विभिन्न संस्था तथा व्यक्तिहरुले सहयोग गरेका छन् ।

कोषको रकमबाट पत्रकारहरू घाइते तथा बिरामी हुँदा महासंघले नगद सहयोग गर्दै आएको छ । त्यस्तै महिला पत्रकारहरु सुत्केरी हुँदा समेत सहयोग गर्ने गरेको अध्यक्ष गिरीले बताए । कोषको ब्याजबाट प्राप्त आम्दानीले पत्रकारहरूलाई सहयोग गर्ने गरेको र थुप्रै पत्रकारहरु कोषबाट लाभान्वित भइसकेको अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

कार्यक्रममा सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार , कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीहरु हिक्मत कुमार कार्की र उद्धव थापा तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *