भद्रपुर एयरपोर्टअगाडिको एयरपोर्ट हाेटल आजदेखि सञ्चालनमा

झापाको सदरमुकाम भद्रपुरमा ‘एयरपोर्ट होटल’ आजदेखि सञ्चालनमा आएको छ।

उद्यमी दिपेश ढकाल, विकास पकुवाल, बन्धु कार्की, र निरज पराजुलीको संयुक्त लगानीमा स्थापना भएको यो होटलले सुविधाजनक लज सेवा प्रदान गर्दैछ।

भद्रपुर विमानस्थल अगाडि अवस्थित यस होटलले विमानस्थलमा आउने यात्रुहरूलाई लक्षित गरी खाना र खाजाको उचित प्रबन्ध गरेको छ। सञ्चालक ढकालका अनुसार, यात्रुहरूको आवश्यकतालाई ध्यानमा राख्दै उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *