एनएमसीमा नयाँ समितिले सम्हाल्यो कार्यभार

झापाको अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)–को नयाँ कार्यसमितिले औपचारिक रुपमा पदभार ग्रहण गरेको छ ।

विर्तामोडको बिर्ता पार्टी प्यालेसमा शनिबार आयोजित एक समारोहमा नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीलगायत कार्यसमितिले सपथग्रहणसहित पदभार ग्रहण गरेको हो ।

यही जेठमा नयाँ कार्य समितिको निर्वाचन भएको थियो । संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले लगभग तीन दशक संस्थाको नेतृत्व गरे भने अब शिवाकोटी नेतृत्वको समितिले एनएमसीलाई हाँक्नेछ ।

समितिको वरिष्ठ उपाध्यक्षमा भगवती घिमिरे, उपाध्यक्षमा विष्णु गौतम, सचिवमा विकास उप्रेती, सहसचिवमा अम्बिकाप्रसाद ढकाल र सदस्यहरुमा राजु उप्रेती, पवित्रा न्यौपाने, हरिप्रसाद आचार्य, कुन्तादेवी खनाल, रामप्रसाद भट्टराई, सीताकुमारी श्रेष्ठ, दुर्गाप्रसाद भट्टराई, सावित्रा दाहाल, देवीप्रसाद उप्रेती र प्रेमप्रसाद मैनाली सर्वसम्मत चयन भएका थिए ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा रचना दाहाल र सदस्यमा फाल्गुणी दाहाल र एकेन्द्र उप्रेती चयन भउका थिए ।

निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती संस्थाको नयाँ व्यवस्था अनुसार कार्य समितिको वरिष्ठ सदस्यका रुपमा कार्यसमितमा रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *