परिवार नियोजन संघ झापाको सभापतिमा भट्टराई निर्वाचित

भद्रपुर । नेपाल परिवार नियोजन संघ, झापा शाखाको सभापतिमा लोकनाथ भट्टराई ‘बुइपाली’ निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी गणेश पोखरेललाई ९३ मतले पछि पार्दै भट्टराई दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।
मत परिणाम अनुसार भट्टराईले ३१२ मत प्राप्त गर्दा पोखरेलले २१९ मत प्राप्त गरे । संघमा ७७५ मतदाता रहेकोमा ५३३ मत खसेको र दुई मत बदर भएको निर्वाचन अधिकृत सुरज खत्रीले जानकारी दिए ।
संघमा अन्य पदाधिकारी–सदस्य यसअघि नै सर्वसम्मत चयन भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *