ओमसाई अस्पतालद्वारा अपाङ्गता भएका व्यक्तिहरको निःशुल्क स्वास्थ्य परीक्षण, उपचारमा ५० प्रतिशत छुट दिने

झापा । झापाको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलले झापा भद्रपुर ४ स्थित अपाङ्गता पुनर्स्थापना केन्द्रमा रहेका अपांगता भएका व्यक्तिहरुको शनिबार निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ। हस्पिटलले भद्रपुर–४ स्थित नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको आवासीय पुनर्स्थापना केन्द्रमा राखिएका अपाङ्गता भएकाहरूलाई स्वास्थ्य परीक्षण गरेको हो ।

सो केन्द्रमा रहेका अपाङ्गता भएकाहरूलाई प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यतालिका अनुसार उनीहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधिसमेत वितरण गरिएको हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेल (सार्इरार्म ले जानकारी दिनु भयो।

विशेषज्ञ चिकित्सकसहितको प्राविधिक टोलीले स्वास्थ्य परीक्षण गरेको र अब प्रत्येक शनिबार उनीहरुको स्वास्थ्य परीक्षण गरिने हस्पिटलका व्यवस्थापक दीप पौडेलले जानकारी दिए । उनले हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत यो अभियान सञ्चालन गरेको पनि जानकारी दिए ।
अपाङ्गता पुनर्स्थापना केन्द्रमा हाल १५ जना आवासीय रुपमा रहेको पुनर्स्थापना केन्द्रका प्रमुख केदार महतले बताए ।
त्यसैबीच हस्पिटलका प्रवन्ध निर्देशक पोखरेलले ओम साई पाथिभरा हस्पिटलमा उपचार गराउने अपांगता भएका व्यक्तिहरुलाई उपचारमा ५० प्रतिशत छुट दिइने बताए । त्यसका लागि अपांग संघको सिफारिस चाहिने पनि उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *