शारीरिक सुगठन तथा फिटनेस महासंघ कोशी अध्यक्षमा झापाका आदित्य पराजुली

झापा । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ कोशी प्रदेश समिति गठन भएको छ ।

सुनसरीको खनारमा महासंघका केन्द्रीय सदस्य प्रज्वल राईको अध्यक्षतामा हिजो सम्पन्न भेलाले झापा भद्रपुरका युवा उद्योगी तथा खेलप्रेमी आदित्य पराजुलीको अध्यक्षतामा प्रदेश समिति गठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा झापाका राम दाहाल, उपाध्यक्षमा सुनसरीकी रुपा तामाङ, उदयपुरका मनोज कटुवाल, मोरङका नविनविक्रम शाह र धनकुटाका रुपेश श्रेष्ठ, महासचिवमा झापाका सन्तोष उप्रेती, सचिवमा मोरङका दीपककुमार तिम्सिना, कोषाध्यक्षमा सुनसरीका रण थेबे लिम्बू र सहकोषाध्यक्षमा मोरङका कृष्ण दाहाल चयन भएका छन् ।

सदस्यमा मोरङका उमेश कार्की र गणेश नेपाली, सुनसरीका सुयोग पाख्रिन र ममता प्रसाईँ तथा उदयपुरका दिना चौधरी चयन भएका छन् भने ४ जना सदस्य अध्यक्षले मनोनीत गर्न पाउने विधानमा व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *