झापा । झापाको भद्रपुर र विर्तामोडको संगमस्थल देउनियामा सार्वजनिक संगीतमय श्रीमद्भागवत महापुराण सप्ता ह ज्ञान महायज्ञ हुने भएको छ ।
हल्दिबारी, विर्तामोड र भद्रपुरको संगमस्थल भेलागुडी देउनिया विश्रान्ति घाट निर्माण तथा विर्तामोड–८ स्थित गणेश पाञ्चायन मन्दिर जीर्णोद्धार गर्ने उद्देश्यले महापुराण आयोजना गरिएको हो।
गाणेश पाञ्चायन मन्दिरको आयोजना तथा विर्तामोड ८ नं. वडा कार्यालयको सहकार्यमा यही बैशाख ६ गते शनिबारदेखि १३ गतेसम्म सप्ताह ज्ञान महायज्ञ हुन लागेको आज दिउँसो पत्रकार सम्मेलन गरी आयोजक समिति अध्यक्ष बाबुराम पराजुलीले जानकारी दिए ।
धार्मिक अनुष्ठान सेवा समाज नेपालको अध्यक्ष बाबुराम पराजुलीले जानकारी दिए ।
‘जतिसुकै प्रतिष्ठित व्यक्ति भए पनि मृत्युपश्चात् जाने भनेकैो घाट नै हो’, पराजुलीले भने– ‘यहाँका बासिन्दाका लागि सुविधायुक्त विश्रान्ति घाट नहुँदा समस्या भइरहेको छ । घाट निर्माणका लागि ठूलो बजेटको आवश्यक पर्ने भएकोले यो महापुराणमार्फत सहयोग गरिदिन सबैलाई आग्रह गर्दछु ।’
देउनियाँ नदीमा दाहसंस्कार गर्ने स्थान व्यवस्थित नभएको र वडा कार्यालयको बजेटले मात्र विश्रान्ति घाट नबन्ने भएपछि महापुराणको आयोजना गर्नु परेको बिर्तामोड ८ नम्बर वडाध्यक्ष अजय कार्कीले बताए । विश्रान्ति घाट निर्माणका लागि वडा कार्यालय १५ लाख बजेट छुट्याउने बताउँदै वडाध्यक्ष कार्कीले भने, ‘घाट निर्माणका लागि प्रदेश तथा सङ्घीय सरकारबाट बजेट माग गर्नुका सागै विभिन्न दाताहरूबाट सहयोग माग्ने छौँ ।’ यो पुराणबाट अन्दाजी एक करोड रकम सङ्कलन गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।
सह आयोजक धार्मिक अनुष्ठान सेवा समाजको पूर्व संकल्पित १०८ भागवत अन्तरगत मेची महाकाली रथ यात्राको १७ औं श्रीमद्भागवत महापुराण हो । राष्ट्रिय ख्याति प्राप्त कलाकारहरूको साथमा प्रमुख वाचक पण्डित माधवशरण खनालको मुखारविन्दबांट कथा प्रवचन तथा पण्डित आशिक काफ्लेको मुखारविन्दबाट पाठपारायण हुने मूल आयोजक समितिका सचिव अनिल गौतमले जानकारी दिए ।
महापुराणको उद्घाटन राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन गर्ने भएका छन् । बैशाख ६ गते महापुराण स्थलबाट झाँकीसहित निकालिने वृहत् कलश यात्रा गरामनीको दुर्गा मन्दिर पुगेर पुनः महापुराण स्थलमा आइपुग्ने कार्यक्रम रहेको छ । कलशयात्रामा अधिक सहभागिता बटुल्न विभिन्न धार्मिक संघ–संस्था, भजन समूह, आमा समूहहरुलाई आमन्त्रण गरिएको छ भने कलशयात्रीका लागि आवश्यकता अनुसार ओसार–पसारका लागि वसको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
महापुराणमा कथावाचनका साथै कथाअनुसारको झापाँकी पनि प्रस्तुत हुने बताइएको छ ।