झापा । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष दिपक नेपाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्य पदमा निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न निर्वाचनमा जिल्ला÷नगर उद्योग वाणिज्य संघतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा दोस्रो सर्वाधिक मत ल्याएर नेपाल विजयी भएका हुन् । १२९ मतदाता रहेको जिल्ला÷नगरतर्फ नेपालले ११० मत प्राप्त गरे । उनको मत दोस्रो सर्वाधिक मत रहेको निर्वाचन समितिले जनाएको छ । नेपाललाई पाँचथर उद्योग वाणिज्य संघले उम्मेद्वार सिफरिस गरेको थियो । उनी सो संघका पूर्व अध्यक्ष पनि हुन् ।
उद्योग–व्यवसाय र सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील नेपाल महासंघको यसअघिको कायृसमितिमा पनि कार्यकारिणी सदस्य थिए । अघिल्लोपटक मुस्किलले जितेका नेपालले यसपटक शानदार ढंगबाट जीत हासिल गरेका छन् ।

यसैगरी, नेपाल अलैँची व्यवसायी महासंघका पूर्व अध्यक्ष राजकुमार कार्की पनि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा निवाृचित भएका छन् ।
नेपाल कुचो संघका वर्तमान केन्द्रीय अध्यक्षसमेत रहेका कार्की महासंघमा वस्तुगततर्फको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । उनले पनि उत्साहजनक मत प्राप्त गरेका छन् । उनी यसअघि पनि वसतुगततर्फकै केन्द्रीय सदस्य थिए ।
यसपटक पनि नेपाल उद्योग वाणिज्य महासंघमा अलैँचीको तर्फबाट दुईजनालाई प्रतिनिधित्व गराउन सफल भएको प्रतिक्रिया दिँदै नेपाल अलैँची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष नारायण चिमरियाले यसले अलैँचीको खेती तथा व्यवसायका समस्या पहिचान र समाधानमा थप सहयोग पुगने विश्वास व्यक्त गरे ।
