चौथो सन्थाल नकआउट फुटबल ः फाइनलमा मेचीगर र कानेपोखरी भिड्दै

झापा । झापाको भद्रपुर नगरपालिका–३ हात्तीमारामा जारी चौथो संस्करणको सन्थाल नकआउट फुटबल प्रतियोगिताको फाइनलमा झापा मेचीनगरको फ’टबल क्लव र मोरङ कानेपोखरीको जूनतारा फुटबल क्लवबीच प्रतिस्पधौ हुने भएको छ ।

बिहीबार अपरान्ह सम्पन्न अन्तिम सेमिफाइनलमा आयोजक हात्तीमाराला फ’टबल क्लवलाई टाइब्रेकरमा पराजित गर्दै मेचीनगरले पहिलो सेमिफाइनलको विजेता कोनेपोखरीसँग फाइनलमा भेट पक्का गरेको हो । पहिलो सेमिफायनलमा कानेपोखरीले हल्दिबारी फ’टबल क्लबलाई टाइब्रेकरमै पाखा लगाएको थियो ।

अन्तिम सेमिफाइनल खेलमा निर्धारित समय ०–० मा बराबरी भएपछि टाइब्रेकरमा मेचीनगरले हात्तीमारालाई ४–३ गोलअन्तरले पराजित गरेको थियो ।

बिहीबार नै अण्डर–१५ र वडास्तरीय भेट्रान्स टिमबीच पनि फाइनल खेल हुने आयोजकले जनाएको छ । भेट्रान्सतर्फ वडा नं २ र वडा नं ३ फाइनलमा पुगेका छन् ।
हात्तीमारा फुटबल क्लबको आयोजनामा सन्थाल सम’दायकै अधिकतम खेलाडीको सहभागितामा हात्तीमारा फुटबल मैदानमा सुरु भएको प्रतियोगिताकाृे उद्घाटन पूर्व उपप्रधान तथा उर्जामन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)–का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गरेका थिए ।

भद्रपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष हेमबहादुर कार्कीले प्रतियोगितालाई फुटबल खेलसँग मात्र सीमित नराखी सन्थाल समुदायको धर्म, संस्कृति र कलासँगसमेत जोडिएको बताए ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ नगदसहित ट्रफी तथा शिल्ड प्राप्त गर्नेछ भने उपविजेताले ६१ हजार रुपैयाँ नगदसहित ट्रफी तथा शिल्ड पाउनेछ । प्रतियोगिताका प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कारको रकम झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष एवम् राप्रपा भद्रपुर नगर अध्यक्ष राजकुमार राईले प्रदान गरेका छन् । दोस्रो पुरस्कारको रकम कृष्ण खड्कासहित विभिन्न सहयोगीबाट उपलब्ध भउको छ । प्रतियोगिताका लागि वडा कार्यालयले ३ लाख २० हजार रुपैयाँ सहयोग गरेको छ भने बाँकी रकम विभिन्न सहयोगी तथा दाताबाट संकलन गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds

This will close in 0 seconds