स्थानीय तहका कर्मचारीद्वारा ‘पेन डाउन’

झापा । स्थानीय तह अन्तर्गतका कर्मचारीहरूले शुक्रबारदेखि आन्दोलनलाई थप सशक्त बनाएका छन् । उनीहरूले स्थानीय तहमा अत्यावश्यकबाहेकका सबै काम ठप्प पार्दै अनिश्चितकालीन ‘पेन डाउन’ गरेका छन् । कर्मचारीहरूले पेन डाउन गरेपछि झापासहित देशभरका पालिकाको कामकाज प्रभावित बनेको छ ।

यसैक्रममा भद्रपुर नगरपालिकाका कर्मचारीले शुक्रबार ‘पेन डाउन’ गर्दै नगरपालिका परिसरमा धर्ना दिएका छन् ।

संसदमा पेश हुने तयारीमा रहेको संघीय निजामती ऐनप्रति असन्तुष्ट जनाउँदै स्थानीय तहका कर्मचारीहरूले संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आएका छन् । आन्दोलित कर्मचारीहरूले स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने, तीनै तहमा समान वृतिविकास, अन्तर प्रदेश सरुवा, बिनासहमति चक्रीय सरुवा प्रणाली खारेज, समायोजनका कर्मचारीको उचित व्यवस्थापन, उमेर हद र सेवा अवधि गणना , अस्थायी र करार कर्मचारीको व्यवस्थापन, सेवा–सुरक्षाको सुनिश्चितता हुनुपर्नेलगायतका माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *