मनकामना कलेजद्वारा साइकल रेस आयोजना

सौम्य शर्मा

झापा । झापाको विर्तामोडस्थित मनकामना कलेजले विश्व वन्यजन्तु दिवसको अवसर पारेर वन्यजन्तु तथा प्रकृति संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले साइकल रेस सम्पन्न गरेको छ ।
कलेजको डिपार्टमेन्ट अफ सोसियल वर्कको व्यवस्थापनमा आइतबार कलेज परिसरबाटै शुरु भई विभिन्न जंगली क्षेत्र हुँदै झापा र इलामको सिमानामा रहेको सहिद सुखानी सहिद पार्क पुगेर पुनः कलेजमा पुगेर साइकल रेस पूरा भएको कलेजका प्राचार्य प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।


साइकल रेसले ३७.४ किलोमिटर दूरी पूरा गरेको थियो । कलेजमा अध्ययनरत २१ जना विद्यार्थी सहभागी रहेको साइकल रेसमा सहभागीहरुले विभिन्न चेतनामूलक सामग्रीहरुको प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *