राष्ट्रसेवक सहकारी संस्थाको साधारणसभा सम्पन्न

भद्रपुर । नेपाल निजामती कर्मचारी संगठनमा राष्ट्रसेवक कर्मचारीहरुले स्थापना गरेको राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि झापाको २४ औं वार्षिक सधारणसभा शनिबार सम्पन्न भएको छ ।
भद्रपुर १० स्थित होटल शिभांसको सभाहलमा संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षतामा आयोजित समारोहका बीच कोशी प्रदेश सरकारका भौतिक योजना तथा पूूर्वाधार विकास मन्त्री एकराज कार्कीले उद्घाटन गरेका थिए ।


उपाध्यक्ष डिल्लीराम ढकालले स्वागत र सचिव नवराज पोखरेलले सञ्चालन गरेको सभामा अध्यक्ष अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन अनुसार आ. व. ०७९÷०८०ु सम्ममा संस्थाको कूल एक करोड ७० लाख ७६ हजार ५०० पुगेको छ । निक्षेप संकलन २ करोड ५० लाख ९३ हजार ४६२ र ३ करोड ४६ लाख १० हजार ५०० रहेको छ । आ. व. ०७९÷०८० मा संस्थाले २० लाख एक हजार ५४४ रुपैयाँ सञ्चालन मुनाफा गरेको प्रतिवेदनमा उल्लेख छ । ५४५ पुरुष्, २६३ महिला र ८१ बाल वचतकर्ता गरी शेयर सदस्य संख्या ८०८ रहेको प्रतिवदनमा जनाइएको छ ।


प्रमुख अतिथिको हैसियतमा साधारणसभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले कोशी शब्द नै सबै जाति र वर्गको साझा पहिचान भएकाले एकल जातीय पहिचानको नारा आवश्यक नभएको बताएका थिए । ९० बढी जातजातिको साझा बसोबास भएको कोशी प्रदेशमा पहिचानका नाममा अराजकता प्रदर्शन नगर्न आग्रह गर्दै मन्त्री कार्कीले कसैलाई प्रदेशको नाम फेर्ने रहर भए ४ वर्ष पर्खेर सदनमा दुईतिहाई पुर्याउन चेतावनी दिए ।

मन्त्री कार्कीले कोशी प्रदेशमा राजनीतिक स्थायित्वका लागि कांग्रेस, माओवादी केन्द्र र राप्रपाबीचमा संवाद चलिरहेको बताउँदै सबै दललाई सरकारमा सहभागी हुन आग्ह गरे ।

साधारणसभामा जिल्ला वचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष बीपी भट्टराई, नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेश इञ्चार्ज लक्ष्मीप्रसाद गुरागाई, संगठनका झापा अध्यक्ष केदार पोखरेल, राष्ट्रसेवक सहकारी संस्था इलामका अध्यक्ष गणेश अधिकारीलगायतले शुभकामना मन्तव्य राख्दै केही सहकारीका कारण सिंगो सहकारी क्षेत्र बदनाम हुँदै गएकाले सवै शेयरधनी सचेत हुन आवश्यक रहेको धारणा राखेका थिए ।
सोही अवसरमा प्रमुख अतिथि कार्कीलाई नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक सहकारी संस्थाको तर्फबाट कोशी प्रदेशको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री नियुक्त भएकोमा सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *