उत्सवहरुमा रोटक्याक्टको सक्रियता

सौम्य शर्मा
विर्तामोड । रोटरीयन, रोट्रयाक्टहर सधैं सामाजिक सेवा कार्यमा अग्रसर हुन्छन् । विर्तामोडका रोट्रयाक्टहरुले यो अग्रसरता विर्तामाडमा भव्य रुपमा पहिलो पटक निकालिएको श्रीकृष्णको रथयात्राको अवसरमा पनि देखाएका छन् ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्री बालाजी मन्दिर समिति र श्रीकृष्ण प्रणामी मन्दिर तथा सद्गुरु देवचन्द्र सदन, विर्तामोडद्वारा आयोजनामा विर्तामोडमा पहिलो पटक श्रीकृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट बिहीबार निकालिएको बृहत रथयात्रा व्यवस्थापनमा रोट्रयाक्ट क्लव अफ विर्तामोड मिडटाउनले देखाएको अग्रसरताको जनमानसमा निकै प्रशंसा भएको छ ।


रथयात्राले बिर्तामोडस्थित अग्रसेनभवन र प्रणामी मन्दिरबाट सुरु भई बिर्तामोड बजार परिक्रमा गरेको थियो । उक्त रथयात्रामा रोट्रयाक्ट क्लव अफ विर्तामोड मिडटाउनले पानी र जुस वितरण गरेको थियो । त्यति मात्र होइन, रथयात्रापश्चात सबै फोहोर सफा गरेर सेवासँगै जिम्मेवारीको सन्देश पनि दिएको स्थानीय सन्तोष अग्रवालले बताए ।
यसअघि पनि क्लवले श्रावणको अन्तिम सोमबार अर्जुनधारा जलेश्वरधाममा पानी र चिया वितरण गरी हजारौं भक्तजनको सेवा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *