झापा । सरकारी स्वामित्वमा रहेको झापाको एक मात्र रंगशाला जिल्लाको सदरमुकाम भद्रपुरस्थित मेची रंगशाला परिसरमा आज बृक्षारोपण गरिएको छ ।
मेची रंगशाला परिसरलाई हरियाली र आकर्षक बनाउने बनाउने उद्देश्यले भद्रपुर नगरपालिका, वडा नं ८ र भद्रपुर झापा गोल्डकपको संयुक्त आयोजनामा रंगशालाको भित्री भागमा पर्खाल वरिपरि बृक्षारोपण गरिएको हो ।
भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकालको अध्यक्षतामा झापाका प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी बल २ नम्बर गणका प्रहरी उपरीक्षक कविन्द्र राई, डिएसपी कृष्ण चन्द, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’लगायत गोल्डकपका पदाधिकारी तथा सदस्यहरुले बृक्षारोपण गरेका थिए ।
पछिल्लो समय वडाध्यक्ष मनोज सुब्बाले आफ्नो वडामा बृक्षारोपणलाई तीव्रता दिँदै हरित वडा बनाउने लक्ष्य लिएका छन् । वडा नम्बर ८ मा पर्ने रंगशालामा शिरिसलगायतका ४० वटा बिरुवा रोपिएको गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
मेची रंगशालामा आगामी फागुन ७ गतेदेखि भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आयोजना हुनेछ ।