झापामा रचनात्मक क्रियाकलापका साथ मनाइयो विश्व वातावरण दिवस

रोहित काफ्ले, भद्रपुर, झापा
२०८३ जेठ २२
झापा । झापामा आज विविध रचनात्मक कार्यक्रमका साथ ५३ औँ विश्व वातावरण दिवस मनाइएको छ ।


यसैक्रममा, झापाको मेचीनगर–१, दुहागढीस्थित बाल सुवोधिनी माविमा रचनात्मक क्रियाकलापका साथ आज विहान ५३ औँ विश्व वातावरण दिवस मनाइयो ।
मेची सव डिभिजन वन कार्यालय, मेचीनगरको आयोजना र विद्यालयको व्यवस्थापनमा बृक्षारोपण र सन्देशमूलक र्यालीसहित सो विद्यालयमा विश्व वातावरण दिवस मनाइएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल ढुंगानाको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्व थापाले स्वागतसहित कार्यक्रमको औचित्य प्रष्ट्याएका थिए भने प्रमुख अतिथि मेचीनग नगरपालिका, वडा नं १४ का वडाध्यष बाबुलाल सुब्बा, सव डिभिजन वन कार्यालयका प्रमुख सुरज निरौलालगायतले वातावरण दिवसको महत्व बारे चर्चा गर्नुभएको थियो ।

औपचारिक कार्यक्रमपछि विद्यार्थीहरु समेतको सहभागितामा सन्देशमूलक र्याली गरिएको थियो । र्यालीपछि विद्यालय परिसरमै बहुमूल्य एरिका पाम, कपूर, बल्कीफूललगायतका बृक्षारोपण गरिएको थियो ।
वातावरण संरक्षण, हरियाली प्रवद्र्धन एवम् फोहोरमैला व्यवस्थापनमा अग्रणी रहँदै आएका कारण यस वर्षको विश्व वातावरण दिवसको शुभारम्भ बाल सुवोधिनी माविबाट गरिएको सव डिभिजन वन कार्यालय प्रमुख निरौलाले जानकारी दिए । उनले यो दविसको अवसरमा एक सातासम्म बृक्षारोपणलगायतका विविध रचनात्मक कार्यक्रम गरिने पनि जानकारी दिनुभयो ।
कार्यक्रमको सञ्चालन कार्यालयका कर्णबहादुर विकले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *