सशस्त्र प्रहरीद्वारा भद्रपुरमा निःशुल्क स्वास्थ्य शिविर, ३१५ जना लाभान्वित

झापा । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाको आयोजनामा आज एकदिने निःशुल्क स्वास्थ्य शिविर भद्रपुरमा सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं। १ बराह बाहिनी मुख्यालय पकली सुनसरीको रजत महोत्सवको अवसरमा बीएण्डसी अस्पताल बिर्तामोड, भद्रपुर नगरपालिका तथा सशस्त्र प्रहरी बल नेपाल फिल्ड अस्पताल पकली सुनसरीको सहकार्यमा “सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत भद्रपुर ३ स्थित अरनिको माविको खेलमैदानमा स्वास्थ्य शिविर संचालन गरिएको थियो ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोख्रेलको प्रमुख आतिथ्यमा संचालन भएको उक्त कार्यक्रममा बीएण्डसी अस्पताल बिर्तामोडबाट (बाल रोग, नाक कान घाँटी, स्त्री रोग, हाडजोर्नी, आन्तरिक चिकित्सा) अन्तर्गतका विशेषज्ञ चिकित्सकहरु र सशस्त्र प्रहरी बल, नेपाल फिल्ड अस्पताल पकलीबाट आएका चिकित्सकहरुको टोलीले भद्रपुर ३ स्थित हात्तीमारा, नयाँ बस्ती, धिमालधुरा र बैशाबारी क्षेत्रमा बसोबास गर्ने ३१५ जना स्थानीय सेवाग्राहीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधीसमेत वितरण गरेको थियो ।

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल , नेपाल नं २ गण हे।क्वा। झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशीले सीमाको पहिलो पहरेदारका रुपमा निरन्तर डटिरहने सीमावासी नागरिकहरुको अतुलनीय योगदानको कदर गरेका थिए । उनले सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सीमाबासी जनताको स्वास्थ्यलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्धेश्यले सशस्त्र प्रहरी बल, नेपालले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *