झापा । झापाको भद्रपुरमा २२ जना ज्येष्ठ मातालाई सम्मान गरिएको छ ।
यस वर्षको मातातीर्थ औँशीको सन्दर्भ पारेर बुधबार अमर आस्था महिला सोसाइटी भद्रपुरले नगरपालिकाको सभाहलमा ज्येष्ठ माताहरुलाई सम्मान गरेको हो ।
सोसाइटीकी अध्यक्ष भद्रपुर नगरपालिकाकी निवर्तमान उपप्रमुख चन्द्रमाया श्रेष्ठको अध्यक्षतामा आयोजि समारोहमा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेलले दोसल्ला ओढाएर र मिष्ठान्न भोजन गराएर ज्येष्ठ माताहरुलाई सम्मान गरे ।
सम्मानित हुनेहरुमा भद्रपुर १ बाट जानकी लुइँटेल र मनमाया चौहान, २ बाट पदममाया बराल र दिलमाया राई, ३ बाट मुगामाया तामाङ र विष्णुमाया कार्की, ४ बाट शिवकुमारी रिजाल र बान्नी राजवंशी, ५ बाट जानुका गौतम र रेनु कार्की, ६ बाट झरी राजवंशी, तुम्ला श्रेष्ठ र सुल्तना खातुन, ७ बाट रुक्मिणा घिमिरे र निलकुमारी भट्टराई ८ बाट इन्दुदेवी शर्मा, कृष्णकुमारी खड्का र चन्द्रमाया कार्की, ९ बाट पवित्रा प्रसाईं र इन्दुकमारी पराजुली तथा वडा नं १० बाट कौशल्यादेवी भण्डारी र विष्णुमाया रिजाल रहेका छन् ।

सोसाइटीकी सचिव शीला खड्काले सञ्चालन र उपाध्यक्ष शर्मिला अधिकारीले स्वागत गरेको समारोहमा प्रमुख अतिथि नगरप्रमुख पोखरेल, वडा नं २ का वडाध्यक्ष रामबहादुर कँडेल, ४ नं वडाध्यक्ष हंशधर राजवंशी, वडा नं ८ की कार्यवाहक वडाध्यक्ष भगवती वस्नेतलगायतले शुभकामना मन्तव्य राख्दै ज्येष्ठ मातापिताहरुलाई सधैभरि माया र सम्मान गर्नुपर्ने बताए ।
समारोहमा अध्यक्ष श्रेष्ठले ‘आमा’को विषयमा मर्मस्पर्शी कविता पनि वाचन गरेकी थिइन् ।
