झापा । स्थापनाको छोटो समयमै क्रिकेटका दुईवटा ठूला प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको भद्रपुर क्रिकेट क्लबको अध्यक्षमा गौरव सुब्बा ‘मनोज’ चयन भएका छन् ।
आगामी दुईवर्षे कार्यकालका लागि हिजो भएको निर्वाचनबाट सुब्बासहित १९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
निर्वाचन समितिका संयोजक गोपाल गिरीका अनुसार वरिष्ठ उपाध्यक्षमा नितेश वर्मा, उपाध्यक्षमा वसन्त पोखरेल र कविन राई, महासचिवमा राजन भट्टराई, सचिवमा केदार महत, कोषाध्यक्षमा पवन घिमिरे निर्वाचित भए भने सदस्यमा तोयानाथ गड्तौला, अभिषेक ढुंगाना, अजयकुमार साहेवाला, विक्की जैसवाल, अंकित सुवेदी, सुदर्शन महर्जन, अमित शर्मा, राजेशप्रसाद गुप्ता, पोषराज पौडेल, शेखर खड्का, विशाल राई र असिम घिमिरे शर्मा निर्वाचित भए ।
अध्यक्ष निर्वाचित सुब्बा भद्रपुर नगरपालिका वडा नं. ८ को वडाध्यक्षसमेत हुन् ।
कलवका अध्यक्ष आदित्य पराजुलीको अध्यक्षतामा आयोजित अधिवेशनसहितको साधारणसभामा ८ नं वडाध्यक्ष तथा संरक्षक गौरब सुब्बा ‘मनोज’ले शुभकामना मन्तव्य राखेका थिए ।
