शिवसताक्षी उ. वा. संघमा पहिलोपटक सर्वसम्मत नेतृत्व ः अध्यक्षमा दुलाल, महासचिवमा सापकोटा

झापा । झापाको शिवसताक्षी उद्योग वाणिज्य संंघमा पहिलोपटक नेतृत्व सर्वसम्मत चयन भएको छ ।

तत्कालीन सतासीधाम उद्योग वाणिज्य संघ र शिवगञ्ञ्ज उद्योग वाणिज्य संघको एकीकरणपछि गठन भएको संघमा पहिलोपटक सबै पदाधिकारी–सदस्य सर्वसम्मत चयन भएका हुन् ।

निर्वाचन कार्यतालिकाअनुसार शनिबार निर्वाचन समितिले सम्पूर्ण प्रक्रिया पूरा गरी निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गरेको थियो । सबै पदमा एकल उम्मेदवारी परेपछि सोही नावलीलाई निर्वाचित भएको घोषणा गरिएको निर्वाचन समितिले जनाएको छ।

सर्वसम्मत निर्वाचित कार्यसमितिको अध्यक्षमा अग्निप्रसाद दुलाल छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा भोजराज ढकाल, उद्योग उपाध्यक्षमा सुबोधकुमार शाह, वाणिज्य उपाध्यक्षमा तेजनाथ घिमिरे, महासचिवमा विनोद सापकोटा, उद्योग सचिवमा कमल विक, वाणिज्य सचिवमा जितेन्द्रकुमार शाह र कोषाध्यक्षमा खनिमाया श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसैगरी, खुला सदस्यमा मनबहादुर श्रेष्ठ, युवराज थापा, अशोक बस्नेत, लीलाबहादुर जोशी, प्रेमध्वज जबेगु र धनकुमार ढकाल तथा महिला सदस्यमा सीता बाँस्कोटा र सरस्वता श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुमन काफ्लेले जानकारी दिए ।

निवर्तमान अध्यक्ष यामनाथ काफ्लेले दुई संस्थाको एकीकरणपछि पहिलो कार्यसमिति नै सर्वसम्मत चयन हुनु संघको संस्थागत परिपक्वता, व्यवसायीबीचको विश्वास र एकताको दर्बिलो प्रमाण भएको प्रतित्रिया दिएका छन् । उनले नयाँ नेतृत्वले उद्योगी–व्यवसायीका साझा हितको संरक्षण गर्दै नगरको आर्थिक विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सङ्घको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका अग्निप्रसाद दुलाल शिवसताक्षी नगरपालिका–११, दुधेका स्थापित हार्डवेयर व्यवसायी हुन् । लामो समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय उनी इमान्दार, कर्तव्यनिष्ठ र शालीन व्यवसायीका रूपमा परिचित छन् । व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय दुलालले लायन्स क्लब अफ शिवसताक्षीको अध्यक्षको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गरिसकेका छन् ।

झापाका अधिकांश जिल्ला÷नगर उद्योग वाणिज्य संघमा नेतृत्व चयन प्रतिस्पर्धात्मक, खर्चिलो र राजनीतिक प्रभावबाट हुने गरेकोमा शिवसताक्षी उद्योग वाणिज्य संघमा सहमति र एकतालाई प्राथमिकता दिँदै कार्यसमिति सर्वसम्मत चयन हुनुलाई जिल्लाकै उद्योग–व्यापार क्षेत्रमा एउटा सकारात्मक र उदाहरणीय, अनुशरणीय अभ्यासका रूपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds

This will close in 0 seconds