झापामा स्टार्टअप तथा नवप्रवर्तन सम्बन्धी अभिमुखीकरण

झापा । उद्योगी व्यवसायीहरूका लागि मंगलबार झापाकाे विर्तामाेडमा स्टार्टअप तथा नवप्रवर्तन सम्बन्धी अभिमुखीकरण आयाेजना गरिएको छ ।

उद्योग व्यवसाय क्षेत्रमा सफलता कसरी हासिल गर्ने ? उद्योग व्यवसाय क्षेत्रमा नवप्रवर्तनलाई कसरी अंगिकार गर्ने ? सिर्जनात्मक उद्यमलाई कसरी विकास गर्ने ? भन्नेजस्ता विषयवस्तुमा आधारित रहेर स्विस सरकारकाे स्विस विकास सहयाेगअन्तर्गत सञ्चालित सहज परियाेजनाकाे नेपाल कृषि बजार विकास कार्यक्रमकाे प्राविधिक सहयाेगमा नेपाल उद्योग वाणिज्य महासंघ काेशी प्रदेशले कार्यक्रम आयाेजना गरेको हाे

कार्यक्रममा स्टार्टअप तथा नवप्रवर्तनसम्बन्धी विज्ञ निरज खनाल र अनिल पराजुलीले सहजीकरण गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ काेशी प्रदेशका कार्यक्रम संयाेजक सञ्जीव पाैडेलले सञ्चालन गरेको कार्यक्रमकाे आैचित्य बारे महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी `श्याम´ले प्रकाश पारेका थिए ।

कार्यक्रममा झापा र इलामका उद्योग वाणिज्य संघका अध्यक्ष र कार्यालय सचिव एवम् स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, उद्यम विकास कार्यक्रम र कृषि विकास शाखाका प्रतिनिधिहरूकाे सहभागिता छ ।

कार्यक्रम बुधबार पनि सञ्चालन हुने महासंघ काेशीका कार्यकारी निर्देशक भण्डारीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *