भद्रपुरमा श्रीकृष्ण रथयात्राकाे तयारी पूरा

झापा । झापाकाे भद्रपुरमा यही आइतबार आयाेजना गरिने श्रीकृष्ण रथयात्राकाे तयारी पूरा भएकाे छ ।

पूर्वमा विराटनगरपछि बृहत् रूपमा आयाेजना हुने रथयात्राकाे तयारी पूरा भएकाे श्रीकृष्ण भगवान रथयात्रा उत्सव समाराेह समिति भद्रपुरले जनाएकाे छ । समितिले कृष्ण जन्माष्टमीकाे भाेलिपल्ट आइतबार भद्रपुर ५ स्थित लक्ष्मीनारायण मन्दिर परिसरबाट विधिपूर्वक  भगवान कृष्णकाे रथयात्रा निकालिने जनाएकाे छ । यात्राकाे रूट पनि तय भइसकेकाे समितिका अध्यक्ष मुकेश मित्रुकाले जानकारी दिए । `शनिबार भगवान कृष्णकाे जन्माष्टमी धुमधामका साथ मनाइन्छ, भाेलिपल्ट भव्य रूपमा रथयात्रा निकालिन्छ´ अध्यक्ष मित्रुकाले भने `जन्माष्टमी र रथयात्रालाई भव्य रूप दिने गरी समितिले तयारी गरेकाे छ ।´

अहिले रथयात्रा आयाेजनास्थल लक्ष्मीनारायण मन्दिर परिसरदेखि कृष्ण मन्दिर परिसरसम्म आकर्षक ध्वजापताका र लाइटिङले सजाइएकाे छ भने रथयात्रा व्यवस्थित गर्न उल्लेख्य संख्यामा स्वयम्सेवक र सुरक्षाकर्मी परिचालन हुने जनाइएकाे छ ।

यस वर्ष रथयात्रा आयाेजनाका लागि भद्रपुर नगरपालिकाकाे अग्रसरतामा सर्वपक्षीय छलफलबाट मुकेश मित्रुकाकाे अध्यक्षतामा समिति गठन गरिएकाे थियाे ।

भद्रपुरकाे रथयात्रामा सहभागिताका लागि भद्रपुरबाहेकका भक्तजनहरूकाे पनि उल्लेख्य सहभागिता रहने गरेकाे छ भने सीमावर्ती भारतीय क्षेत्रबाट पनि श्रद्धालुुहरूकाे सहभागिता रहने गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *