भद्रपुर मिनी म्याराथनमा राजन र सुस्मिता प्रथम

भद्रपुर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भद्रपुर नगरपालिकाको नगर युवा परिषद्ले शनिबार भद्रपुर मिनी म्याराथन आयोजना गरेको छ ।
भद्रपुर नगरपालिका, वडा नं २ को सगरमाथाचोकदेखि वडा नं ६ मा रहेको नगरपालिकाको कार्यालय परिसरसम्मको दूरी कायम गरी आयोजना गरिएको मिनी म्याराथनमा पुरुषतर्फ राजन मेन्याङ्वो प्रथम भए भने महिलातर्फ सुस्मिता राई प्रथम भइन् ।
यसैगरी पुरुषतर्फ दिपेश तामाङ दोस्रो, सुदीप लोङ्वा तृतीय र सन्तोष साउदले सान्त्वना पुरसकार प्राप्त गरे भने महिलातफृ गीता श्रेष्ठ दोस्रो, जुनु राई तेस्रो र मुना पोखरेलले चौथो स्थान हासिल गरेको नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सरोज ढकालले जानकारी दिए ।
सो दौडमा प्रथम हुनेलाई नगद १० हजार, दोस्रोलाई नगद ७ हजार, तेस्रोलाई ५ हजार र सान्त्वनालाई नगद ३ हजारसहित प्रमाणपत्र प्रदान गरिएको परिषदका सदस्य सचिव योगेन्द्र पौडेलले बताए ।
नगरपालिकाको सभाहलमा आायेजित समारोहका बीच विजेताहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो भने सहभागी सबैलाई प्रमाणपत्र उपलब्ध गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *